घोषणा भयो यू–१९ एसिया कप खेल्ने नेपाली युवा टोली, यी हुन् १५ सदस्य [सूचीसहित]

फाइल फोटो
भदौ ५, २०७६

काठमाडौं– यही भदौ १९ देखि २८ गतेसम्म श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

एसियाका शीर्ष टोलीहरूले खेल्ने प्रतियोगितामा सहभागी हुने १५ सदस्यीय नेपाली युवा टोलीको घोषणा भएको हो । 


ADVERTISEMENT

रोहितकुमार पौडेलको कप्तानीमा रहेको टीममा सन्दीप जोरा, सूर्य तामाङ र आसिफ शेखले पुनरागमन गरेका छन् ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट राष्ट्रहरूको पनि सहभागिता छ । अन्य सहभागीमा कुवेत र युएई छन् ।

नेपाल प्रतियोगिताको 'समूह बी'मा छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र युएई छन् ।

को–को परे टीममा ?

  1. रोहितकुमार पौडेल (कप्तान)
  2. रित गौतम
  3. पवन सर्राफ
  4. महम्मद आसिफ शेख
  5. सन्दीप जोरा
  6. भीम सार्की
  7. हरिबहादुर चौहान
  8. कुशल मल्ल
  9. रसिद खान
  10. कमलसिंह ऐरी
  11. सागर ढकाल
  12. सूर्य तामाङ
  13. खडकबहादुर बोहरा
  14. लोकेशबहादुर बम
  15. प्रतिस जीसी

हेर्नुहोस्, शेड्यूल :

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस