जयशंकरले भेटे राष्ट्रपति भण्डारीलाई

भदौ ५, २०७६

काठमाडौं- नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन आएका भारतका विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

बिहीवार बिहान राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री जयशंकर राष्ट्रपति निवास शितल निवास गएका थिए । 


ADVERTISEMENT

उनीसँग नेपालका लागि भारतीय राजदूत मंजिवसिंह पुरीसमेत उपस्थित थिए । 

भेटमा दुई देशको सम्बन्धलाई अझ उचाईमा पुर्‍याउनेबारे छलफल भएको बताइएको छ । 

जयशंकर नेपालको दुईदिने भ्रमणमा छन् । उनी बुधवार अपराह्न नेपाल आएका थिए । आए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवासमै भेट गरेका थिए । 

आयोगको बैठकका लागि आएपनि जयशंकरले राजनीतिक भेटघाट तीव्र बनाएका छन् ।

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस