×

NMB BANK
NIC ASIA

भोलि कृष्णजन्माष्टमी, यसरी गर्नुस् श्रीकृष्णको पूजा आराधना

भदौ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भाद्र मासको कृष्ण पक्षको अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने गरिन्छ । श्रीकृष्ण भगवान् विष्णुका अवतार हुन् र घरघरमा उनको बालरूप अर्थात् बालगोपालको पूजा गरिन्छ । 

Sagarmatha Cement
Muktinath Bank

बालगोपालको विशेष पूजा अष्टमीको दिनमा गरिन्छ । पूजामा ध्यान दिनुपर्ने कुरा यी हुन् ः


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबभन्दा पहिले गणेशजीको विधिवत पूजा गर्नुस् । त्यसपछि श्रीकृष्णको पूजा शुरू गर्नका लागि हात जलले धुनुस् अर्थात् प्रक्षालन गर्नुस् । आफ्नो हात सफा पानीले धोएपछि श्रीकृष्णका हातमा जल अर्पित गर्नुपर्छ । सुगन्धित फूल राखिएका जलको उपयोग गर्नुपर्छ । सुगन्धित फूल भएको जलले नै बालगोपाललाई स्नान गराउनुपर्छ ।


Advertisment
Nabil box
Kumari

बालगोपालसँगै गौमाताको मूर्ति पनि राख्नुपर्छ । श्रीकृष्णलाई गौमाता प्रिय छिन् । त्यसैले जन्माष्टमीमा गौमाताको पूजा गर्नुस् । गौशालामा हरियो घाँस वा नगद दान गर्नुस् । 

Vianet communication
Laxmi Bank

श्रीकृष्ण पूजनमा आसन एकदमै आवश्यक छ । श्रीकृष्णका लागि सुन्दर आसन उपयोग गर्नुपर्छ । आसनको रंग तेजिलो र चम्किलो हुनुपर्छ । पहेंलो, रातो र सुन्तला रंग सबभन्दा राम्रो हुन्छ । भगवान् पीताम्बरधारी हुनुहुन्छ त्यसैले उहाँलाई पहेंलो वस्त्र चढाउनुपर्छ । 

श्रीकृष्णको पाउ धुनुपर्छ र जुन भाँडोमा पाउ धोइन्छ त्यसलाई पाद्य भनिन्छ । पूजाअघि पाद्यमा स्वच्छ जल र फूल राख्नुस् । 

दूध, दही, घिउ, मह र चिनी मिसाएर पञ्चामृत बनाउनुस् । शुद्ध भाँडोमा पञ्चामृत भरेर भगवानलाई भोग लगाउनुस् । श्रीकृष्णलाई तुलसी नराखिकन भोग लगाउनुहुँदैन ।

पूजामा भगवान् श्रीकृष्णको मन्त्र कृं कृष्णाय नमः तथा ऊँ नमो भगवते वासुदेवाय जप गर्नुपर्छ । 

दूबो, कुमकुम, अक्षता चामल, अबीर, सुगन्धित फूल र शुद्ध जललाई पञ्चोपचार भनिन्छ । श्रीकृष्णको पूजामा यी कुरा आवश्यक हुन्छन् । 

श्रीकृष्णको पूजामा लगाइने भोगमा ताजा फलफूल, मिठाइ, लड्डु, मिश्री, खीर, तुलसीका पात र फल राख्नुपर्छ । 

बालगोपालको पूजामा गाईको दूधबाट बनेको घिउ उपयोग गर्नुपर्छ । दियोमा पनि घिउ उपयोग गर्नुपर्छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x