मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
खार्तुम– सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका अब्दल्ला हाम्डोकले शपथ लिएका छन् ।
प्रधानमन्त्री हाम्डोकले सार्वभौम परिषदका अध्यक्ष एवं सुडानी सेनापति अब्देल फताह अल–बुरहान समक्ष शपथ लिएका हुन् । मुलुकका प्रधान न्यायाधीश समेतको समुपस्थितिमा राजधानी खार्तुमको राष्ट्रपति कार्यालयमा सपथ ग्रहण समारोह सम्पन्न भएको थियो ।
हाम्डोकले विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सबाट छनौट गरिने २० जनालाई मन्त्रिपरिषदमा समावेश गर्नेछन् । नयाँ मन्त्रीहरूले आगामी अगस्ट २८ मा शपथ लिनेछन् ।
यसअघि अल–बुरहानले संविधान बमोजिम सार्वभौम परिषदको अध्यक्षको शपथ लिएका थिए ।
सुडानको संक्रमणकालीन सैनिक परिषद (टीएमसी) र विद्रोही फ्रिडम एन्ड चेन्ज एलायन्सबीच हालै सम्पन्न सम्झौता बमोजिम सार्वभौम परिषद ११ सदस्यीय हुनेछ । उक्त परिषदमा टीएमसीका पाँच जना सैनिक, पाँच जना विद्रोहीका सदस्यहरू र दुवै पक्षको परामर्शमा एक जना सदस्य रहनेछन् ।
सार्वभौम परिषदको गठन लगत्तै टिएमसी विघटन भएको छ । गत अप्रिल ११ मा पूर्व राष्ट्रपति ओमार अल–बासिर सत्ताच्यूत भएसँगै सेनापतिको अध्यक्षतामा गठित टीएमसीले संक्रमणकालीन व्यवस्थापन गरिरहेको थियो ।
तस्वीर : अल्जजिरा
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...