भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौं – अमेरिकाका एरिजोनामा रहेको एक अदालतकक्षमा आरोपितले आफ्नै प्रतिरक्षक वकिललाई मुक्का प्रहार गरेका छन् । ती आरोपितले जेलका अधिकारीलाई टोकेको आरोपमा पुर्पक्षको सामना गरेका थिए ।
लमोन्ट पेन नामक ती आरोपितले पुर्पक्ष चलिरहेको बेलामा न्यायाधीशको कुरा सुनेर उभिरहेका थिए ।
न्यायाधीशले उनलाई अदालतबाट बाहिर जान भनेपछि पेन उठे अनि आफ्ना कागजात मिलाउन लागेको जस्तो गरे । अचानक उनले भ्लादिमिर गागिकलाई अनुहारमा मुक्का हिर्काए ।
गागिक त्यतिखेर बसिरहेका थिए । उनले छेउतिर गएर आफ्नो घाउ सुम्सुम्याएका थिए भने पेनलाई दुईजना सुरक्षाकर्मीले समातेका थिए ।
पेनले सन् २०१६ मा मारिकोपा काउन्टी जेलमा एक अधिकारीको घुँडामा टोकेको आरोप छ ।
गागिकलाई मारिकोपा काउन्टी कार्यालयले उनको प्रतिरक्षाका लागि नियुक्त गरेको थियो ।
गागिकले आफूलाई खासै चोटपटक नलागेको बताए । उनले भने, ‘मैले लगभग २० वर्षदेखि वकालत गर्दै आएको छु र सबै किसिमका पक्ष भेटेको छु तर कसैले पनि पेनको जस्तो व्यवहार देखाएको थिएन ।’
गागिकको नाकबाट रगत आएको थियो र अनुहार सुन्निएको थियो । उनले पेनविरुद्ध मुद्दा दर्ता गरेका छन् । पेनलाई अदालतमा आउन अनुमति दिइएको छैन ।
गागिक अहिले मारिकोपा काउन्टी सार्वजनिक प्रतिरक्षा सेवामा काम गर्दैनन् ।
एजेन्सी
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...