पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
काठमाडौं – इरानले बिहीवार देशमै बनाइएको लामो दूरीको क्षेप्यास्त्र प्रणाली सार्वजनिक गर्दै अमेरिकासँगको वार्ता अर्थहीन रहेको बताएको छ ।
सरकारी टेलिभिजनमा राष्ट्रपति हसन रूहानीले बाभार–३७३ प्रणालीको सार्वजनिकीकरण समारोहमा भाग लिएको देखाइएको थियो । इरानी सञ्चारमाध्यमले यो प्रणालीलाई रुसी एस–३०० क्षेप्यास्त्र प्रणालीको प्रतिस्पर्धीका रूपमा चित्रित गरिरहेका छन् ।
सार्वजनिकीकरण समारोहमा रूहानीले आणविक सम्झौता सम्बन्धी वार्ता अर्थहीन रहेको टिप्पणी गरे ।
इरानले जुन महिनामा खाडीमा अमेरिकाको जासूसी ड्रोनलाई खसाएपछि दुई देशबीच तनाव बढेको बेलामा यो घोषणा गरिएको हो ।
इरानले त्यतिखेर आफ्नो भूमिमा ड्रोन आइपुगेका खसाइएको दाबी गरेको थियो भने अमेरिकाले त्यो अन्तर्राष्ट्रिय एयरस्पेस भएको बताएको थियो ।
आजको समारोहमा रूहानीले भने, ‘हाम्रा शत्रुहरूले तर्कलाई स्वीकार गर्दैनन् भने हामीले तर्कमार्फत प्रतिक्रिया दिन सक्दैनौं । शत्रुले हामीमाथि क्षेप्यास्त्र प्रहार गरेमा हामीले भाषण दिँदै ए रकेट कृपया हाम्रो देश र हाम्रा निर्दोष जनतालाई नहिर्काऊ भन्न सक्दैनौं । रकेट प्रहार गर्ने सर, तपाईंले एउटा बटन थिचेर क्षेप्यास्त्रलाई हावामा आफैं ध्वस्त पारिदिनुहुन्थ्यो कि भन्न पनि सक्दैनौं ।’
क्षेप्यास्त्र प्रणालीको सार्वजनिकीकरण इरानको राष्ट्रिय रक्षा उद्योग दिवसका दिन राखिएको हो ।
बाभार–३७३ लामो दूरीको क्षेप्यास्त्र प्रणाली हो र यो रुसी एस–३०० भन्दा राम्रो रहेको भनी रूहानीले वर्णन गरे ।
यसले एकैचोटि १०० वटा लक्ष्यलाई चिन्ने र ६ विभिन्न हतियारमार्फत सामना गर्ने क्षमता राख्ने बताइएको छ ।
एजेन्सी
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...