×

NMB BANK
NIC ASIA

संक्रमणकालीन न्याय संयन्त्रमा अक्षम पदाधिकारी ल्याइन लागेको भन्दै द्वन्द्वपीडितले जनाए आपत्ति

भदौ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – संक्रमणकालीन न्यायका सम्बन्धमा विभिन्न संचारमाध्यमबाट सार्वजनिक भएका पछिल्ला घटनाक्रमहरुप्रति द्वन्द्वपीडित साझा चौतारीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

Muktinath Bank

यससम्बन्धमा उसले प्रेस विज्ञप्ति जारी गरेको छ । प्रेस विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन नेकपा माओवादी निकट कानून व्यावसायी रही द्वन्द्वको पक्षधर रहेका कारण पक्राउ परेका, तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदा महान्याधिवक्ताको हैसियतमा संक्रमणकालीन न्यायको आधारभूत मान्यता विपरित भुमिका खेलेका, द्वन्द्वपीडितको न्यायको विपक्षमा उभिएका व्यक्तिलाई ठाडो राजनीतिक हस्तक्षेपका आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउनका लागि दलहरुवीच सहमति भएको भनी संचारमाध्यमबाट सार्वजनिक भएको छ । त्यसैगरी वेपत्ता पारिएका व्यक्तिहरुको छानविन गर्न वनेको आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोगमा असक्षम भनी हटाईएका पुरानै पदाधिकारीहरु दोहो-याउने दलीय सहमति भएको भन्ने तथ्य पनि संचार माध्यमबाट खुल्न आएको छ । 


Advertisment
Nabil box
Kumari

राजनीतिक दलहरुका वीचमा भएको भनिएको उक्त कथित सहमतिले संक्रमणकालीन न्याय सम्बन्धी आयोगहरु निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने मान्यतामा धावा वोलेको छ । द्वन्द्व पीडितलाई न्याय सुनिश्चित गर्न गठन हुनुपर्ने दुवै आयोगहरु द्वन्द्वकालमा सशस्त्र विद्रोही पक्ष वा सो विद्रोहको दमनमा संलग्न राज्य प्रशासनसँग सम्बन्धित ब्यक्ति वा द्वन्द्वमा प्रत्यक्ष संलग्न पक्षका व्यक्तिहरु वाहेक र मानवअधिकार उल्लंघनको नकारात्मक अभिलेख नभएका व्यक्तिहरु मात्र सम्मिलित हुने गरी अन्तर्राष्ट्रिय रुपमा स्वीकृत मापदण्ड समेतको आधारमा गठन हुनुपर्ने भन्ने सर्वोच्च अदालतको फैसलालाई उक्त सहमतिले ठाडो चुनौती दिएको स्पष्ट छ । संक्रमणकालीन न्यायका स्थापित मूल्य, मान्यता, कानून र नैतिकतालाई लत्याएर गरिएको दलीय सहमतिलाई द्वन्द्व पीडित साझा चौतारीले न्याय तुहाउने दलीय षडयन्त्र भएको ठहर गरेको छ । 

Vianet communication
Laxmi Bank

रातारात दलीय स्वार्थका आधारमा गरिएको उक्त षडयन्त्रले नेपालको संक्रमणकालीन न्याय प्रक्रिया देशकै लागि घातक सिद्ध हुने र दलीय स्वार्थ लादिने यस्तो पीडक केन्द्रित प्रक्रियाले लाखौँ पीडितको भावना माथि खेलवाड भएको छ । त्यसैले शान्ति प्रक्रिया प्रारम्भ भएको १३ वर्ष सम्म आँशु झारेर न्यायको पर्खाइमा रहेका सम्पूर्ण पीडित समुदायलाई यो प्रक्रिया पूर्णत अस्वीकार्य छ ।

पीडितको न्यायलाई इन्कार गर्ने राजनीतिक दलको यस्तो षडयन्त्रमा औँठाछाप ठोक्ने कठपुतली बनेको नाममात्रको सिफारिश समितिको औचित्य पूर्ण रुपमा सकिएको छ । सिफारिश समितिको अध्यक्ष रहेका सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधिशको क्षमता, निष्पक्षता र विश्वसनीयता माथि गम्भिर अविश्वास उत्पन्न भएको छ । यसले सिफारिश समिति मात्र वदनाम भएको छैन, समितिका प्रत्येक सदस्यको नैतिकता माथि समेत प्रश्न उठेको छ । यस्तो अवस्थामा सम्पूर्ण सिफारिश समितिले तत्काल राजिनामा दिन जोडदार माग गर्दछौ ।

कानुन संशोधनको प्रक्रिया शुरु हुने आश्वासन पाएर राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो प्रतिनिधि सिफारिस समितिमा पठाएकोमा संशोधनको कुनै प्रक्रिया शुरुवात नै नगरिएको र संक्रमणकालीन न्यायका आधारभूत मूल्य र मान्यताहरुको समेत उपेक्षा गरी दलीय स्वार्थका आधारमा आयोगमा नियुक्ति गर्न लागिएको प्रक्रियाप्रतिको आधिकारीक धारणा सार्वजनिक गर्दै तत्काल सिफारिश समितिबाट आफ्नो सदस्य फिर्ता गर्न राष्ट्रिय मानव अधिकार आयोगसँग अपिल गर्दछौ ।

पीडित समुदायसँग परामर्श र सहकार्य गरेर पारदर्शी प्रक्रियाद्वारा कानून संशोधन एवम् आयोग गठन प्रक्रिया अगाडि बढाउने माननीय कानुनमन्त्रीको पटकपटकको सार्वजनिक प्रतिवद्धता विपरित पीडित समुदायलाई उपेक्षा गरेर एवम् गुमराहमा राखेर अपारदर्शी र दलीय स्वार्थमा अगाडि बढिरहेको प्रक्रियाप्रति माननीय कानुनमन्त्रीको धारणा तत्काल सार्वजनिक गर्न माग गर्दछौं ।  

दलीय स्वार्थ लाद्ने यस प्रकारका क्रियाकलापहरुले लोकतान्त्रिक भनिने सरकार द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनबाट पीडित भएका नागरिकहरुको सत्य, न्याय र परिपूरणको दायित्व, दण्डहीनताको अन्त्य, संस्थागत सुधार, सर्वोच्च अदालतका फैसलाहरु कार्यान्वयन गर्न प्रतिवद्ध छैन भन्ने तथ्य समेत स्पष्ट भएको छ । यस्तो प्रक्रियाले पीडकलाई उन्मुक्ति दिने तथा पीडितलाई न्याय नदिने कुत्सित अभिप्रायको पर्दाफास भएको छ ।

आयोगमा नियुक्ति पूर्व संक्रमणकालीन न्याय सम्बन्धी ऐनलाई पूर्णता दिनुपर्ने निरन्तरको हाम्रो मागलाई लत्याउने र सिफारिश समितिलाई यान्त्रिक रुपमा उपयोग गर्दै दलीय गठजोड तथा निहित स्वार्थका आधारमा गरिने नियुक्तिले राष्ट्रिय एवम् अन्तराष्ट्रिय जगतमा कुनै पनि वैधता नपाउने स्पष्ट छ । संक्रमणकालीन न्यायको प्रक्रिया यसबाट झनै जटिल वन्दै यसको दिगो व्यवस्थापनमा नेपाल पूर्णत असफल ठहर्न जानेतर्फ सम्वन्धित सवै पक्ष वेलैमा सचेत हुनुपर्नेमा त्यस्तो संवेदनशिलता देखिएन ।

यसैगरी संक्रमणकालीन न्यायप्रति किञ्चित संवेदनशील नभई केवल दलीय भागवण्डाका आधारमा राजनीतिक नियुक्तिका लागि लालायित भई पीडितको पीडालाई जागीर खाने, व्यक्तिगत हैसियत वनाउने माध्यम नबनाउन र अन्तर्राष्ट्रिय न्यायका मान्यता समेत आकर्षित हुने यस संवेदनशील विषयलाई खेलौनाको रुपमा नलिन तथा प्रक्रिया नगिजोल्न जोडदार माग गर्दछौं । हिजो ४ वर्षसम्म कुनै परिणाम दिन नसकी असक्षम भएर पदमुक्त र आर्थिक तथा नैतिक भ्रष्टिकरणमा लिप्त भएका पदाधिकारीहरु नै फेरि कथित दलीय सहमतिमा नियुक्त गर्न सत्तारुढ र प्रमुख प्रतिपक्ष पार्टीले सिफारिश समितिलाई निर्देशन दिएको संचार माध्यममा आएको समाचारप्रति खेद प्रकट गर्दछौं । यदि उक्त समाचार सत्य हो भने उक्त आयोग र पदाधिकारीहरुलाई पूर्ण रुपमा वहिष्कार गरी ती आयोगहरुबाट सम्पूर्ण पीडित समुदायका उजुरीहरु फिर्ता लिएर न्यायका लागि संयुक्त राष्ट्रसंघ लगायत अन्य अन्तर्राष्ट्रिय न्यायिक निकायहरुमा जाने स्पष्ट पार्न चाहन्छौ ।

दलीय षडयन्त्रका आधारमा आयोगको गठन गरी पीडितको अधिकार इन्कार गर्ने प्रक्रियालाई अस्विकार गर्न नागरिक समाज, मानवअधिकार समुदाय, संचार जगत, आम जनसमुदाय एवं अन्तर्राष्ट्रिय समुदाय समेतलाई जोडदार आह्वान गर्दछौं । साथै पीडितलाई झुलाउने प्रक्रिया तत्काल अन्त्य गरी तत्काल समग्र संक्रमणकालीन न्याय प्रक्रियाको समय सिमासहितको कार्ययोजना सार्वजनिक गर्न र सो कार्ययोजना अनुरुप तत्काल ऐन संशोधनको विश्वसनीय प्रक्रिया आरम्भ गर्न, ऐन संशोधन गर्न, त्यसपछि विश्वसनीय प्रक्रियाद्वारा सक्षम व्यक्तिहरु छनौट गरी समाधान दिने आयोग पुनर्गठन गर्न लोकतान्त्रिक भनिने सरकार एवम् जिम्मेवार राजनीतिक दलहरु समक्ष जोडदार माग गर्दछौं ।  
       
जनकबहादुर राउत

अध्यक्ष

भागीराम चौधरी

महासचिव

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x