कांग्रेसको प्रस्ताव : प्रदेश राजधानी जनकपुरधाम, नाम ‘मिथिला भोजपुरा’

भदौ ५, २०७६

जनकपुरधाम – नेपाली कांग्रेसले २ नम्बर प्रदेशको नाम मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ ।

प्रदेश संसदीय दलको बैठकको निर्णय अनुसार कांग्रेसले नाम र राजधानीबारे प्रदेश सभामा प्रस्ताव दर्ता गराएको छ ।


ADVERTISEMENT

प्रस्ताव अनुसार प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र राख्न प्रस्ताव गरिएको कांग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहले बताए ।

प्रदेश सभामा १०७ सांसदमध्ये कांग्रेसका १९ सांसद छन् । यसअघि राजपा र नेकपाले राजधानी मिथिला माध्यमिकी परिक्रमा क्षेत्रमा राख्न सकिने प्रस्ताव गरेका छन् । नामको सन्दर्भमा राजपाले मधेश र नेकपाले जानकी प्रस्ताव गरेका छन् ।

नेकपाको प्रस्ताव दर्ता : प्रदेश राजधानी बृहत्तर जनकपुर क्षेत्र, नाम ‘जानकी’

राजपाको निर्णय : प्रदेश राजधानी धनुषादेखि महोत्तरीसम्म, नाम ‘मधेश’

भदौ ५, २०७६ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस