दुई चितुवाले गरे मस्ती

भदौ ५, २०७६

काठमाडौं – केन्याको एक प्राकृतिक आरक्षमा दुई चितुवाले चकचक गरेको दृश्य क्यामरामा कैद भएको छ । 

दुई चितुवाहरूले एकअर्कासँग मस्ती गरेको अनि उफ्रेको तस्वीर देखिन्छ । 


ADVERTISEMENT

अमेरिकी फोटोग्राफर ट्रिश हेनेसीले जुन महिनामा साम्बुरु राष्ट्रिय आरक्ष पुगेर सफारी गरेकै दिन तस्वीरहरू खिचेकी थिइन् । 

अद्भुत तस्वीरहरूमा एउटा चितुवा हावामा उफ्रेको र आफ्नो भाइको पुच्छरमा झम्टिन आँटेको देखिन्छ । 

उनीहरू चट्टानको टुप्पोमा चकचक गरिरहँदा एउटो चितुवा अर्कोमाथि उफ्रन्छ । 

ती चितुवाहरू एउटा झाडीमा लुकिरहेका थिए तर बाहिर आए अनि चट्टानमाथि चढेर चकचक गर्न थाले । 

हेनेसीले भनिन्, ‘मैले चितुवाको तस्वीर लिँदा खुशीले रोएँ । यो एक उपहार थियो । चट्टानमा नाचिरहेका चितुवाको तस्वीर चाहिँ गजब लाग्छ मलाई किनकि यो सबै एकदमै छिटो भएको थियो ।’

घटनाक्रम चाँडो विकसित भएकाले हेनेसीले सही क्यामरा सेटिङ भए नभएको थाहा पाइनन् र इमेजहरू फोकसमा भए हुन्थ्यो भनी प्रार्थना गरिन् ।

एजेन्सी
 

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस