प्रचण्ड पुत्री रेनु दाहालमाथि गालीगलौज भएपछि निकालियो प्रेस विज्ञप्ति

फाइल फोटो
भदौ ५, २०७६

काठमाडौं – पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणपछि चितवनमा उत्पन्न परिस्थिति र सामाजिक सञ्जालमा भरतपुरकी मेयर रेनु दाहालमाथि भएको गालीगलौजपछि प्रेस विज्ञप्ति निकालिएको छ ।

आत्महत्या घटनामा टेलिभिजन प्रस्तोता रवि लामिछाने लगायत ३ जना पक्राउ परेपछि सामाजिक सञ्जालमा नेकपा अध्यक्ष प्रचण्ड, मेयर रेनु दाहाल लगायतबारे अपशब्द र गालीगलौज भएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।


ADVERTISEMENT

मेयर दाहालले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा देखिएका अस्वाभाविक, प्रायोजित तथा अनर्गल प्रचारले भ्रममा नपर्न आग्रह गरिएको छ ।

हेर्नुस् विज्ञप्ति :-

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस