×

NMB BANK
NIC ASIA

स्थायी राजधानी तानातान

कांग्रेस र समाजवादी पार्टीभित्र विद्रोह, प्रदेशको नाम र राजधानीमा छुट्टै प्रस्ताव दर्ता

भदौ ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेशको नाम र राजधानीका सन्दर्भमा सत्तारुढ समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसमा विद्रोह भएको छ ।

Muktinath Bank

दुवै पार्टीका संसदीय दलको बैठकले प्रदेश राजधानी जनकपुरधाम क्षेत्रमा राख्ने निर्णय गरेपनि बारा र पर्सा जिल्लाका सांसदले विद्रोह गर्दै राजधानी वीरगञ्ज महानगरपालिकासहित आसपासमा राख्न छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस पर्साका सांसद राजेश्वरप्रसाद शाहले वीरगञ्ज महानगरपालिकालाई २ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन् । उनको पार्टीले जनकपुरधामलाई राजधानी बनाउने प्रस्ताव दर्ता गराएको छ । 


Advertisment
Nabil box
Kumari

विद्रोही प्रस्तावमा शाहसहित शंकरप्रसाद चौधरी, ओमप्रकाश शर्मा र असियादेवी थरुनी सहभागी छन् । विद्रोही सांसदले प्रदेशको नाम मध्य मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् ।

Vianet communication
Laxmi Bank

सत्तारुढ समाजवादी पार्टीका सांसद सिंहासन शाह कलवार, प्रह्लाद गिरी गोस्वामी, करिमा बेगम, जनत अन्सारी, अञ्जु यादव, भीमा यादव र रागिनीदेवी बर्णवालले समेत पार्टीको निर्णय विपरीत प्रदेशसभामा छुट्टै प्रस्ताव गर्दा गराएका छन् । प्रदेशको नाममा पार्टीकै निर्णय मान्य भएपनि राजधानीको सन्दर्भमा विद्रोही सांसदको फरक मत रहेको छ ।

विद्रोही सांसदले प्रदेशको राजधानी वीरगञ्ज महानगरपालिकादेखि बिन्ध्यबासिनी, पोखरिया, सखुवा, जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्म हुनुपर्ने प्रस्ताव गरेका छन् । 

राजपाको निर्णय : प्रदेश राजधानी धनुषादेखि महोत्तरीसम्म, नाम ‘मधेश’

नेकपाको प्रस्ताव दर्ता : प्रदेश राजधानी बृहत्तर जनकपुर क्षेत्र, नाम ‘जानकी’

कांग्रेसको प्रस्ताव : प्रदेश राजधानी जनकपुरधाम, नाम ‘मिथिला भोजपुरा’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x