सडक दुर्घटनाको कारण खोजी समाधान गर्न सांसद्को जोड

भदौ ५, २०७६

काठमाडौं- सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदले दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीवारको बैठकको विशेष समयमा सांसद सरिता गिरीले पछिल्लो समयमा सडक दुर्घटना झन् झन् बढ्दै गएको भन्दै त्यसबारेमा अध्ययन गरेर न्यूनीकरण गर्न आग्रह गरे ।

सांसद महेन्द्रराय यादवले यही साउन २३ गते राति धादिङको गजुरीमा भएको सवारी दुर्घटनामा परी २५ जना बेपत्ता  हुँदासमेत सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै आपत्ति जनाए ।


ADVERTISEMENT

सांसद मीना पाण्डेले देशको विभिन्न स्थानमा बढिरहेको सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद यशोधा गुरुङ सुवेदीले मनाङ जिल्लामा आएको पहिरोका कारण यातायात अवरुद्ध भएको भन्दै सरकारको ध्यानाकषर्ण गराइन् ।

सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको विभिन्न स्थानमा भएको चट्याङबाट आठ जना गम्भीर घाइते भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले अछाममा रहेको पुरानो दरबारको पुनःनिर्माण जतिसक्दो चाँडो होस् भने ।

सांसद रेणुका गुरुङले बाध र सीमा विवादबारे भारतसँग छलफलबाट समस्याको समाधान गर्नुपर्ने माग गरे । 

भदौ ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस