भदौ ६, २०७६

पोखरा – लागूऔषध ब्राउनसुगरसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामा रहेका छन् ।


ADVERTISEMENT

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले लागूऔषधका ९ पोकासहित बिहीवार बागलुङ बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनालाई वडा प्रहरी कार्यालय बगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस