×

NMB BANK
NIC ASIA

डेंगुबाट १ जनाको मृत्यु

भदौ ६, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

डोटी – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेंगु रोगबाट १ जनाको मृत्यु भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

जिल्लामै पहिलोपटक डेंगु रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’को मृत्यु भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले डेंगु रोग लागेको बताएको उनका जेठाजु नारद मलासीले बताए । ‘लामो समयदेखि बिरामी भएकाले भारइल ज्वरोको समस्या होला भन्नेमा थियौं, रोग निको नभएपछि कैलालीतर्फ लग्यौं, उपचार गर्दागर्दै मृत्यु भयो, चिकित्सकले डेंगु हो भनेपछि, हामी आश्चर्यचकित भयौं,’ उनले भने ।

Vianet communication
Laxmi Bank

जिल्ला बाहिर कहिले नगएकी निज महिलालाई कसरी डेंगु रोग लाग्यो, यो विषयमा जिल्लामा रहेका चिकित्सकसमेत अचम्मित भएका छन् । डेंगु रोग लागेर निज महिलाको मृत्यु भएपछि अहिले उक्त क्षेत्रमा त्रास छाएको स्थानीय बताउँछन् । मृतक मसालीलाई डेंगु र स्क्रप टाइफस गरी २ रोग देखिएको मायामेट्रो अस्पतालका डा. विष्णु जोशीले बताए । ‘मृतकमा डेंगु र स्क्रप टाइफस रोगले धेरै संक्रमण गरिसकेको थियो, उपचार सम्भव भएन र मृत्यु भयो,’ उनले भने ।

जिल्ला अस्पताल डोटीका डा. भुषण मिश्रले भने, ‘एडिज नामको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ तर डोटीमा अहिलेसम्म पनि उक्त रोगका बिरामी देखिएका छैनन्, हामी नै अचम्ममा परेका छौं ।’ डा. मिश्रका अनुसार एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । यसले दिउँसो मात्रै मानिसलाई टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । यस्ले आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा करीब ३०० अण्डा पार्दछ ।

ज्वरो आएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेंगु सर्दछ । लामखुट्टेको कारण भन्दा पनि मानिसको तीव्र बसाइँसराइ र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको चिकित्सको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x