टाटा एच फाइभको बुकिङ खुला, मन नपरे १२० प्रतिशत रिफण्ड

भदौ ६, २०७६

काठमाडौं– टाटा  मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बुकिङ शुक्रवारदेखि खुला गरेको छ ।

नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. का अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो– २०१९ मा टाटा एच फाइभ पहिलोपटक नेपाली बजारमा सार्वजनिक हुँदैछ । 


ADVERTISEMENT

भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने हुनेछ । 

साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एच फाइभ मन परेन भने १२० प्रतिशत बुकिङ रिफन्ड गर्ने जनाएको छ । 

क्रियोटेक २.० लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । 

एच फाइभमा रहेको इञ्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डी एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।

आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्ट–स्टप, सेमी (डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टी फंसनल स्टेरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।
 

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस