सचेतक ढकालको घरमा विस्फोट गराउने पक्राउ

भदौ ६, २०७६

बुटवल - प्रदेश पाँचको सत्तारुढ दल नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विस्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले विप्लव नेतृत्वको नेकपाका कार्यकता लुम्बिनी सांस्कृतिक नगरपालिकाका–११ का विक्रम यादव, गैडहवा गाउँपालिका–६ रुदल यादव र सियारी गाउँपालिका–६ का विष्णुप्रसाद तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

तीनै जनलाई गत साउन ३१ गते ढकालको घरमा विष्फोट गराएको आरोपमा प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले साउन ३१ र ३२ गते उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीमा विष्फोटन पदार्थ तथा आगलागी शीर्षकमा मुद्र्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

 

भदौ ६, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस