ट्रक र ट्याक्सी एक आपसमा ठोक्किए, एकको मृत्यु ४ घाइते

भदौ ६, २०७६

चितवन– पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लीङमा ट्रक र ट्याक्सी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । मृत्यु हुनेमा काभ्रे बनेपा नगरपालिका–१० वस्ने ६४ वर्षीया राधिकादेवी वराल रहेको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्याक्सीलाई ठक्कर दिएको थियो । एच आर ५८ ए ८१०२ नम्बरको ट्रकले बा२ज २५४ नम्बरको ट्याक्सीलाई आज दिउँसो ठक्कर दिएको थियो । वरालको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ मृत्यु भएको हो । 


ADVERTISEMENT

    घाइते हुनेमा सोही स्थानका ३९ वर्षीय नारायण वराल, ६४ वर्षीया सीतादेवी अधिकारी, ३९ वर्षीया चन्द्रकला अधिकारी र ७२ वर्षीय बाबुराम अधिकारी रहेको प्रहरीले जनाएको छ । तीमध्ये सीतादेवीको अवस्था गम्भीर रहेको छ । ठक्कर खाने दुवै सवारी साधन र ट्रकका चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

भदौ ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस