कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
वीरेन्द्रनगर – कर्णालीका १६ स्थानमा होमस्टे (घरवास) सञ्चालनमा आउने भएका छन् ।
कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले प्रदेशका विभिन्न १६ स्थानमा होमस्टे सञ्चालन गर्ने भएको हो ।
कर्णाली प्रदेशका पर्यटकीयस्थललाई लक्षित गर्दै होमस्टे सञ्चालनको काम भइरहेको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले बताए । होटलको सहज पहुँच नभएकाले होमस्टे सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।
होमस्टे सञ्चालनअन्तर्गत कालिकोटको पचाल झरना होमस्टे तथा उद्यान निर्माण, कालिकोटको खाडाचक्र नगरपालिकाको पिली क्षेत्रमा होमस्टे सञ्चालनका लागि तयारी भइरहेको छ । जुम्लाको तातोपानीमा ऐरेनी तातोपानी होमस्टे, बड्डी होमस्टे, मालिका बत्ती होमस्टे सञ्चालनमा आउने भएका छन् ।
डोल्पामा त्रिपुरासुन्दरी बगर होमस्टे, दैलेखको दुल्लु नगरपालिकाको लाफा होमस्टे, मुगुमा झ्यारी, लामाचौर र ताल्चा होमस्टे सञ्चालनमा आउन लागेका छन् ।
मन्त्रालयका अनुसार रुकुमको स्र्यापु, हुम्लाको सिमीकोट, सल्यानको कुपिण्डे र सुर्खेतको वीरेन्द्रनगरमा पातालगङ्गा होमस्टे सञ्चालनमा आउने भएका हुन् । ती होमस्टे सञ्चालनको तयारीमा रहेको सूचना अधिकारी रोकायले बताए ।
होमस्टेमा कोशेली घर तथा सामुदायिक घर निर्माण भइरहेका छन् । कतिपय स्थानमा निर्माणको चरणमै छन् । यस आर्थिक वर्षमा पनि होमस्टे सञ्चालनका लागि बजेट छुट्याइको उनले जानकारी दिए । एउटा होमस्टे निर्माणको लागि २५ देखि ५० लाख रुपैयाँसम्म बजेट छुट्याएको उनले जानकारी दिए ।
मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास निर्माण कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रको विकास निर्माणको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...