कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
धम्बोझी – बर्दियाको बारबर्दिया नगरपालिका–१० मा जन्मिएकी मीना थारुले बाँकेलाई कर्मथलो बनाएको १८ वर्ष भएको छ ।
४० वर्षीया थारुको पढाइलेखाइ नभएपनि उनमा हरेक काम र सीप ग्रहण गर्ने राम्रो क्षमता छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१३ बस्दै आएकी मीनाले जिल्लामै सफल महिला कृषकको रुपमा पहिचान बनाएका छन् ।
उनको बारीमा थरीथरीको तरकारी देख्न सकिन्छ । विक्रम संवत् २०६९ सालबाट तरकारीको व्यावसायिकतामा लागेकी थारूलाई अहिले भ्याइनभ्याइँ छ ।
आफ्नो जग्गामा र अरुसँग केही जग्गा भाडामा लिएर उनले तरकारी खेती गरिरहेकी छिन् । एउटै याममा तरकारी बेचेर २ लाख रुपैयाँ कमाउन सकेको उनी बताउँछिन् । उनले मौसमी र बेमौसमी तरकारी लगाउने गरेकाले वर्षैभरि बारीमा तरकारी हुने गर्दछ । उनी भन्छन्, ‘मलाई वर्षभरि नै तरकारीले व्यवस्त बनाएको छ । यसबाट कमाइ पनि राम्रै भएको छ ।’
उनी आफैं पनि टाउकोमा छिट्नी बोक्दै तरकारी बेच्ने गर्छिन् । आफूले विषादीरहित तरकारी उत्पादन गरेको भन्दै उनी आफूले उत्पादन गरेको तरकारीको प्रचार समेत गर्छिन् । कोही घरमै तरकारी किन्न आउने गर्छन् ।
मेला, हाटबजारमा उनले बाटो बाटोमा तरकारी बेच्छिन् । घरमै बसेर तरकारी खेती गर्दा राम्रो कमाइ भएकाले लौका, फर्सी, भिण्डी, साग, भण्टा, सिमी, करेला, बोरी, खुसार्नी लसुन, प्याज, च्याउलगायत अन्य विभिन्न प्रकारका तरकारी लगाएकाले उनको बारी वर्षैभरि हरियाली हुने गर्दछ ।
बजार मूल्यभन्दा सस्तोमै आफूले गुणस्तरीय तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेकाले पछिल्लो पटक तरकारीको माग अझै बढ्दै गएको उनको भनाइ छ ।
अन्य महिलालाई पनि तरकारीखेती गरेर व्यावसायिक बन्न आफूले प्रेरणा दिएको उनी बताउँछिन् ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...