प्रतिभा बनिन् मिस टिन २०१९

भदौ ८, २०७६

काठमाडौं- थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा (रानी) राईले मिस टिन २०१९ को उपाधि जितेकी छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिवार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल भएकी हुन् । 

प्रतियोगिताबाट राईले उपाधि जित्दै ताज पहिरिन सफल भएको उनका बुबा रामसङ्घर्ष किरातीले जानकारी दिए । फाइनल चरणमा रहेका सातमध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको समेत उपाधि प्रतिभाले पाएको आयोजकले जनाएको छ ।


ADVERTISEMENT

सल्लेरीको एक निजी विद्यालयमा एसईई उत्तीर्ण गरेकी प्रतिभा काठमाडौंको ग्रामर कलेज कोटेश्वरमा विज्ञान सङ्कायमा कक्षा १२ मा अध्ययनरत छिन् । रिबन इन्टरटेनमेन्टद्वारा आयोजित उक्त प्रतियोगितामा सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै सहभागिता जनाएको बताउने राईले आफ्नो रुचि मात्र नभई गाउँठाउँको समेत पहिचान जोगाउन लाग्ने प्रतिक्रिया दिइन् । 

प्रतिभाका बुबा रामसङ्घर्ष किराती थुलुङदूधकोशी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष हुन् भने आमा दुर्गालक्ष्मी राई शिक्षिका हुन् । 

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस