दुई महिनापछि बस्दै प्रदेश सभा बैठक

भदौ ८, २०७६

हेटौंडा –प्रदेश नं ३ को प्रदेशसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठक करीब दुई महीनापछि आइतबार (आज) पुनःबस्दै छ ।

गत असार १२ मा आर्थिक वर्ष २०७६/७७ को बजेट पारित गरेसँगै स्थगित बैठक आइतबार दिउँसो बस्न लागेको हो । 


ADVERTISEMENT

भदौ ८ गते दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेश नं– ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। 

आइतबारको बैठकले यसअघि विभिन्न समितिले अन्तिम टुङ्गो लगाएका केही विधेयक पारित गर्ने जनाइएको छ । 

प्रदेशसभा कार्यव्यवस्था समितिकोे बैठकले आजको बैठकमा विभिन्न पाँच विधेयकमाथि छलफल गरी पारित गर्ने  तयारी गरेको थियो  । 

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस