नेकपाको सचिवालय बैठक सोमवार अपराह्न, प्रचण्डले अध्यक्षता गर्दै

भदौ ८, २०७६

काठमाडौँ - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमवार बस्ने भएको छ ।

सोमवार अपराह्न १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको एक सचिवालय सदस्यले लोकान्तरलाई बताए ।


ADVERTISEMENT

बैठकको अध्यक्षता भने पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले बैठकको अध्यक्षता प्रचण्डले गर्ने भएका हुन् ।

गत बिहीवार बसेको सचिवालय बैठकले प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी सुम्पेको थियो ।

बैठकले प्रवास कमिटी, महानगरपालिकाको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल गर्नेछ ।

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस