कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाई हत्या प्रकरणमा पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलका अनुसार ना ६ ख ४९४९ ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका २ का ३२ वर्षीय दामोदर केसी, ना ६ ख ९९०५ नम्बरको सवारी चालक बाँके कोहलपुर नगरपालिका १४ का ३४ वर्षका हिम ब.जिसी, ना ६ ख ९१७७ नम्बरका सवारी चालक चितवन राप्ती नगरपालिका ४ का २८ वर्षीय विवेक कुवँर रहेका छन ।
भे १ ख १०१५ नम्बरका चालक चितवन राप्ती नगरपालिका ५ का २७ वर्षीय सागर बिश्वकर्मा र ना ५ ख ६६७४ नम्बरका सवारी चालक नवलपरासी सरावल गाँउपालकिा १ का २९ वर्षीय सुकधन चौधरीलाई नियन्त्रणमा लिएको उनको भनाई छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटकुवामा दर्जनौं गाईको हत्या गरिएका गाई नेपालगंज उपमहानगरपालिकाले पठाएका गाई रहेको खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नै चिठी लेखेर नेपालगंज उपमहानगरपालिका अन्र्तगतको कान्जिहाउसमा रहेका करिब ३ सय ७० गाई सुर्खेत हुँदै दैलेखको श्रीस्थानसम्म पुर्याउन सहयोग गरेको पत्र लेखेको भेटिएको हो ।
यही भदौ ८ गते कार्यपालिकाको निर्णय अनुसार उपमहानगरपालिकाले जिल्ला प्रशासनलाई पत्रको लागि अनुरोध गरेको पत्रमा उल्लेख छ ।
स्थानीयले दर्जनौं गाई मारेको खबरपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ध्रुव कुमार चपाई, १४ का वडाका अध्यक्ष टोप बहादुर दर्लामी, वीरेन्द्रनगर नगररपालिकाका कर्मचारी र पशु चिकित्सकसहितको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।
स्थलगत निरिक्षणपछि टोलीले १६ वटा गाई मृत अवस्थामा भेटाएको थियो । जसमा १२ वटा गाई, ४ वटा गोरु मृत अवस्थामा भेटिएका छन् ।
मृत गाईहरूको मुचुल्का र पोष्टमार्टम वीरेद्रनगरनगरपालिकाले गरेको छ । अन्य ७ वटा गाई गम्भीर घाइते अवस्थामा रहेका र अन्य गाईहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले घाइते गाईको उपचार गरिरहेको र प्रहरीलाई आवश्यक कारवाही थाल्न अनुरोध गरेको बताए ।
‘हामीले गाई प्रकरणमा सहभागी जोसुकै भएपनि कडा कारवाही गर्न प्रहरीलाई अनुरोध गरेका छौं,' उनले भने, ‘नगरपालिकाले छाडा चौपायालाई व्यवस्थापन गर्न गौशाला निर्माण पनि गरिरहेको छ ।’
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...