कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बुुटवल – रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्यलाई ३३ वर्षीय युवा इन्जिनियर प्रवेश अधिकारीले नेतृत्व गरेका छन् ।
इन्जिनियर अधिकारी राष्ट्रिय गौरवको आयोजना तथा मुलुकले चासोको रूपमा हेरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको आयोजना प्रमुख हुन् ।
उनले भैरहवा आउँदा विमानस्थलको भौतिक प्रगति जम्मा २५ प्रतिशत मात्र थियो । दैनिक विमानस्थलमा मुुआब्जाको विवाद । कामले गति लिने सकेको थिएन । चारैतिरबाट विमानस्थलको कामलाई अगाडि बढाउनुपर्ने दबाब । विमानस्थल बन्छ कि बन्दैन भन्ने दोधार ।
स्थानीयलाई मुुआब्जादेखि विभिन्न मागको चित्त बुुझाएर पठाएपछि मात्र उनी डेरामा फर्किन्थे । बुधवार उनीसँग सम्पर्क गर्दा राति ८ः३० बजेसम्म उनी कार्यालयमै कर्मचारी र विमानस्थलबारे छलफलमा व्यस्त थिए ।
तनहुँको व्यास नगरपालिका–८ रिस्दीका अधिकारीले लमजुङको मंगला माविबाट २०५८ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनी कक्षा ११/१२ अध्ययन गर्न चितवन साइन्स कलेजमा भर्ना भए । ११/१२ चितवनबाट उत्तीर्ण भएपछि व्याचलर गर्न उनी काठमाडौंस्थित एडभान्स कलेज अफ इन्जिनियरिङ म्यानेजमेन्ट कुपनडोल ललितपुर गए ।
त्यसपछि सन् २०१२ मा भारतको तामिलनाडुस्थित मोस्ट नेसन इन्स्टिच्यूट अफ् टेक्नोलोजी कलेजबाट इन्जिनियरिङ पूरा गरेर नेपाल फर्किए । त्यसपछि उनले पुल्चोक इन्जिनियरिङ कलेज र थापाथली इन्जिनियरिङ कलेजमा झण्डै ३ वर्ष पढाए । त्यसपछि २०७१ साउनमा सिभिल इन्जिनियरिङमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर शुरू गरे ।
२०७४ फागुनमा उनलाई भैरहवामा निर्माणाधीन विमानस्थलमा सिनियर अफिसर इन्जिनियरको रूपमा पठाइयो । शुरूको ३ महिना निमित्त भएर काम गरे उनले । २०७५ भदौ ८ गतेदेखि उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुखको जिम्मेवारी दिइयो ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले कार्यमूल्यांकनका आधारमा गौतमबुद्ध विमानस्थल आयोजना प्रमुखमा उनलाई पठाइएका थिए । तत्कालीन आयोजना प्रमुख ओम शर्मा बाराको निजगढमा निर्माण गर्ने भनिएको विमानस्थलमा सरूवा भएपछि अधिकारीले नेतृत्व सम्हाल्न पाएका हुन् ।
युवा हाकिमले राष्ट्रिय गौरवको आयोजनाको नेतृत्व सम्हालेको १ वर्षभन्दा बढी भयो । विमानस्थलको अन्तिम र संवेदशील चरणको काम अहिले धमाधम चलिरहेको छ । उनले दिनरात काम गर्नुपरिरहेको बताए । उनी यति व्यस्त छन् कि आयोजना प्रमुखको कुर्सीमा बस्न समेत भ्याउँदैनन् ।
कालोसूचीमा पर्नै लागेको आयोजना
निर्माण पूरा भइसक्नुपर्ने मितिसम्म यसको प्रगति करिब २५ प्रतिशतमा सीमित थियो । निर्धारित समयमा प्रगति नदेखिएपछि एसियाली विकास बैंक (एडीबी) ले आयोजनालाई कालोसूचीमा राख्ने तयारी गरी आर्थिक सहयोग रोकेको थियो ।
त्यसले यसको भविष्यलाई लिएर अन्योलता छायो । एडीबीको निर्णयपछि नागरिक उड्ययन प्राधिकरणले निर्माणको भुक्तानीका लागि आफैंले व्यवस्थापन गरेर भएपनि आयोजनालाई निरन्तरता दिने निर्णय गर्यो । त्यसपछि एडीबीले पुनः शर्त राख्दै आयोजनाको पहिलो म्याद थप गरिएको अवधिमा ५० प्रतिशत कार्यप्रगति पुर्याउनुपर्ने लक्ष्य तोकेको थियो ।
उनले नेतृत्व सम्हाल्दा टर्मिनल भवनको पहिलो तलाको मात्र काम भयो । धावनमार्ग कालोपात्रेको काम पनि उनले नेतृत्व गरेपछि भयो । अधिकारीले विमानस्थलले अधिग्रहण गरेको जग्गाधनीलाई १० महिनामा करोडौं रुपैयाँ मुआब्जा वितरण गरे । मुआब्जा वितरणपछि विमानस्थल निर्माणले गति पनि लियो । फागुनमा विमानस्थलको निर्माणको काम ५० प्रतिशतभन्दा बढी पुग्यो ।
‘मेरो एक्लो प्रयासले काम भएको होइन । सबैको साथ र सहयोगले काम गरेको छु । अझै ३/३ महिनासम्म पारिश्रमिक नपाउँदा पनि काम गर्ने मजदुरलाई विशेष धन्यवाद दिन चाहन्छु,’ उनी भन्छन्, ‘अब विमानस्थल बन्दैन कि भन्ने दिन गए । अब विमानस्थल बन्ने निश्चित भयो । अब यसका बाँकी काम पूरा गर्न सबै जुट्नुपर्छ ।’
‘कुर्सीमा बसेर क्षमता विकास हुने होइन । व्यक्तिले जिम्मेवारी पूरा गरी क्षमता देखाउन सक्नुपर्छ,’ उनले भने, ‘आयोजनाको तोकिएको मिति आउँदो डिसेम्बरभित्र सञ्चालनमा ल्याउनुपर्ने छ । यसका लागि संस्कृति, पर्यटन तथा नाागरिक उड्डयनमन्त्री पनि लागिराख्नुभएको छ । म पनि आफ्नो ठाउँमा दिनरात साँझबिहान नभनी खटिरहेको छु ।’
हाल विमानस्थलको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । ‘विमानस्थलको नेतृत्व गर्न पाउँदा सबै क्षेत्रबाट सहयोग/साथ पाएँ र अहिले विमानस्थलको कामले गति लिएको छ । हामी अब तोकिएको समयमा विमानस्थलललाई सञ्चालन गर्नका लागि सबै क्षेत्र अब पनि लाग्नुपर्छ,’ उनले भन्छन्, ‘विमानस्थलको काम त मैले संयोजन गर्ने मात्र हो । यस्ता काम ‘टीम वर्क’मा हुने काम हो । टीम वर्कमा गर्दा सबै क्षेत्रमा सफल भएर अहिलेको अवस्थामा आएको छ ।’
भूकम्प, नाकाबन्दी, मधेश आन्दोलन, ठेकेदार–सहठेकेदारबीच लेनदेन विवादले विमानस्थल निर्माणमा ढिलाइ भएको थियो । निर्माण कार्य डिसेम्बर २०१७ भित्र सकिनुपर्थ्यो । काम नभएपछि दोस्रो पटक म्याद थपेर सन् २०१९ डिसेम्बरसम्म पुर्याइएको छ ।
विमानस्थलको निर्माण चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रूपले गरिरहेको छ । आयोजनाको कूल लागत ६ अर्ब २२ करोड ५१ लाख २० हजार १ सय २८ रुपैयाँ रहेको छ ।
आयोजनामा एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...