तीजमा सुनिता दुलाल र रामजी खाँडको प्रस्तुतिमा झुम्यो दिल्ली

भदौ १८, २०७६

दिल्ली- हिन्दु नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज प्रवासमा रहेका नेपाली चेलीबेटीहरूले पनि मनाइरहेका छन । भारतका विभिन्न ठाउँमा नेपालबाट कलाकार बोलाएर कार्यक्रम सम्पन्न भएको छ । 

यसै अवसरमा बाबा रामदेव एवम् आचार्य बालकृष्णको सहयोगले सन २०१३ मा निर्माण भएको 'हाम्रो स्वाभिमान ट्रस्ट'ले नेपाली भाषीहरूलाई लक्षित गरी राजधानी दिल्लीमा आइतवार भव्य कार्यक्रम गरी तीज मनाइएको हो । 


ADVERTISEMENT

कार्यक्रममा दार्जिलिङबाट भारतीय जनता पार्टीका लोकसभा सांसद राजु विष्ट विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए ।

हाम्रो स्वाभिमान ट्रस्टले हरेक वर्ष भव्य कार्यक्रमका साथ हरितालिका तीज कार्यक्रम गर्दै आएको छ । यस वर्ष ट्रस्टले चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड र गायिका सुनिता दुलालको प्रस्तुतिमा भव्य कार्यक्रम गरेको हो ।

दार्जिलिङ लगायत अन्य क्षेत्रका कलाकारद्वारा मैलिक नेपाली नाच जस्तै मारुनी, सरुठी पनि पस्तुत गरेका थिए । कार्यक्रममा कलाकारहरूले गीति नाटक पनि प्रस्तुत गरेका थिए ।

समारोहमा स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिएका थिए । समारोहमा दिल्ली एनसीआरमा बस्ने करीब ३५ सय नेपालीको उपस्थिति रहेको थियो । 

भदौ १८, २०७६ मा प्रकाशित

दिलिप भुसाल

भुसाल लोकान्तर डटकमका दिल्ली प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस