एनआईसी एशिया बैंक र ग्लोबल कि टेक्नोलोजीबीच क्यास ब्याकको सम्झौता

भदौ १८, २०७६

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलोजीबीच रिचार्जर एपबाट एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी (क्यूआर) मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाइट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्दा एनआईसी एशिया बैंकको मोबाइल बैंकमार्फत् भुक्तानी गर्दा १०%  क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

अन्य बैंकको मोबाइल बैंकिङमार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ५% क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना भदौ १८ देखि असोज १ गतेसम्मका लागि लागू हुनेछ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर २९७ शाखा कार्यालय, ३५० एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करीब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्ष करीब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

भदौ १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस