असोज २६, २०८०
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
काठमाडौं – मालपोत कार्यालय मनमैजु काठमाडौंमा कार्यालय सहयोगी पाँचौ तहमा कार्यरत कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी.विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बैंक तथा वित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न आउने व्यक्तिहरूसँग ३५ हजार रुपैयाँ घुस लिने/दिने प्रक्रियामा संलग्न भण्डारी र केसीलाई अख्तियारले नियन्त्रणमा लिई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध ३५ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
प्रेस विज्ञप्ति:- मिति २०७६।०५।१८ गते
मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौं तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी.ले बैंक तथा वित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न आउने ब्यक्तिहरुसँग जग्गा रोक्का राख्न सहज गरिदिने भनी घुस रिसवत माग गर्ने गरेको गोप्य सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी.बीच रु.३५,०००।– (अक्षरुपी पैंतीस हजार) घुस रकम लिनेदिने कार्य गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा मालपोत कार्यालय मनमैजुका कार्यालय सहयोगी कान्छा भण्डारीले आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी बदनियतपूर्वक जग्गा रोक्काको लागि सहज गरिदिने बहानामा घुस रिसवतवापत रू.३५,०००।–(पैंतीस हजार) लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको साथै अर्का आरोपित ईश्वर के.सी.ले कान्छा भण्डारीको लागि उक्त रकम उपलब्ध गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर अपराध गरेको देखिंदा निजहरू कान्छा भण्डारी र ईश्वर के.सी.लाई विगो रू.३५,०००।– (पैंतीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय हुनका साथै घुस/रिसवतवापत भनी उपलब्ध गराएको बरामद भई आएको रू.३५,०००।– (पैंतीस हजार) भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (२) बमोजिम जफत हुने मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...