कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जनकपुरधाम – धनुषाको हंशपुर नगरपालिकाका प्रमुख (मेयर) रामज्ञान मण्डलविरुद्ध ज्यान सम्बन्धी कसूर अन्तर्गतको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा बिहीवार दर्ता गरिएको छ ।
हंशपुर नगरपालिका–२ बघचौडाका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको कुटपिटका कारण उपचारको क्रममा मृत्यु भएको भन्दै मेयर मण्डलसहित ४ जनाविरुद्ध जाहेरी दर्ता गरिएको हो ।
मृतक मण्डलका छोरा राजकुमार मण्डलले दिएको किटानी जाहेरीमा नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष उदयकुमार सिंह, कार्यपालिका सदस्य श्याम राउत र वडा नम्बर ४ का स्थानीय लालबाबु यादवविरुद्ध समेत किटानी जाहेरी दर्ता गरिएको जाहेरवाला मण्डलले बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जाहेरी दर्ता भएको तर कुन–कुन व्यक्तिको नामसहित किटानी दर्ता भएको भन्नेबारे आफूले जानकारी नपाएको बताए । ‘हंशपुर नगरपालिकामा मेयर र उपमेयरबीच केन्द्र सार्ने विषयमा झडप हुँदा घाइते भएका मण्डलको बुधवार साँझ मृत्यु भएको थियो,’ डीएसपी कार्कीले लोकान्तरसँग भने, ‘जाहेरी दर्ता त भएको छ तर अनुसन्धान गरेर दोषी देखिए मात्र कारबाही हुनेछ ।’ अनुसन्धान नै नभएको अवस्थामा केही भन्न नमिल्ने उनले बताए ।
जाहेरी दर्ता भएसँगै शवको पोस्टमार्टम गरेर शव परिवारलाई बुझाइने र पोस्टमार्टमको रिपोर्ट अनुसार अनुसन्धानको प्रक्रिया अगाडि बढ्ने डीएसपी कार्कीले बताए । वडा नम्बर २ बघचौडाका वडाध्यक्ष उदयकुमार साहका अनुसार पोस्टमार्टमपछि शवलाई शुक्रवार नगर परिक्रमा गराएर मात्र दाहसंस्कार गरिने छ ।
मेयर मण्डलले साउन २१ गते नगरपालिकाको केन्द्र बघचौडाबाट जबरजस्ती अन्यत्र सारेर कागजात लैजान खोज्दा भएको झडपमा प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको थियो । प्रदर्शनमै मेयर मण्डलले स्थानीय तपेश्वर मण्डललाई कुटपिट गरेको आरोप लगाइएको छ । उनको कम्मरसहित तिघ्राको हड्डी भाँचिएको थियो । उपचारका क्रममा मण्डलको बुधवार साँझ मृत्यु भएको थियो ।
घाइते मण्डलको मृत्यु भएपछि बघचौडा गाउँका स्थानीय बुधवार राति नै आएर जनकपुर अञ्चल अस्पतालमा प्रदर्शन गर्दै मेयर मण्डललाई कारबाहीको माग गरेका थिए । ६ वटा ट्रयाक्टरमा बिहीवार जनकपुर आएर स्थानीयले जाहेरी दर्ता गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि नाराबाजी गरेका थिए ।
शुरूमा जाहेरी दर्ता गर्न नमानेको धनुषा प्रहरीले बाध्य भई बिहीवार ४ बजे जाहेरी दर्ता गरेको छ । स्थानीय दिपेन्द्र यादवका अनुसार जाहेरी दर्ता नम्बर १४० रहेको छ ।
यो पनि पढ्नुहोला –
कार्यालय सार्न खोज्दा मेयरविरुद्ध उपमेयरको आन्दोलन, लम्बिँदै विवाद
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...