कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काठमाडौँ - नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एटीएमबाट पैसा निकाल्न सकिने यसअघिको प्रावधानलाई परिवर्तन गरेको छ ।
चिनियाँ ह्याकरहरूले नेपालका एटीएमबाट डेढ करोड बढी रकम लुटेपछि राष्ट्रबैंकले एटीएमबाट निकाल्न सकिने अधिकतम रकमलाई संशोधन गरी ६० हजारमा झारेको छ । यस अघि एकपटकमा २५ हजार निकाल्न सकिने व्यवस्था थियो भने एक दिनमा एटीएम प्रयोगकर्ताले १ लाख सम्म निकाल्न सक्थे ।
राष्ट्र बैंकले बिहीवार एक विज्ञप्ति जारी गरी भुक्तानी सम्बन्धी कार्य गर्ने संयन्त्रलाई प्रदान गरिने अनुमति नीति २०७३ का केही बुँदाहरू संशोधन गरेको हो ।
'०५/०७५ को निर्देशनको बुँदा नम्बर १.१ मा संशोधन डेबिट कार्डबाट न्यूनतम प्रति कारोवार ५०० देखि अधिकतम २० हजार सम्म नगद झिक्न पाइने छ,' राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'तर प्रतिदिन अधिकतम रू ६० हजार भन्दा बढी नगद झिक्न पाइने छैन ।'
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा अवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको रकमको सीमा भने घटाउन सक्ने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसरी डेबिट कार्डबाट रकम झिक्दा लाग्ने सेवा शुल्क अनिवार्य गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । 'बैंक तथा वीत्तीय संस्थाहरूले 'इस्युअर' र 'एक्वाइयर' फरक संस्था भई डेबिट कार्डबाट रकम झिक्दा कारोबारमा लिने सेवा शुल्क अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने छ,' विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्ति -
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...