केन्यामा आलिया र रणवीर कपूरले बिताए छुट्टी

भदौ २०, २०७६

काठमाडौं – बलिउड अभिनेताहरू आलिया भट्ट र रणवीर कपूरको अफेयरको चर्चा चल्ने गर्छ । उनीहरू अहिले अफ्रिकी मुलुक केन्याको भ्रमणमा छन् । त्यहाँ उनीहरूले छुट्टी बिताउँदा खिचेका तस्वीर सार्वजनिक भएका छन् । 

उनीहरूले सफारी राइड गरेका छन् र सुन्दर दृश्यलाई क्यामरामा कैद गर्न खोजिरहेका छन् । दुवैको अनुहारमा खुशी झल्किएको छ । 


ADVERTISEMENT

दुवै कलाकार आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा व्यस्त देखिन्छन् । त्यसैले एकअर्कासँग क्वालिटी टाइम बिताउन उनीहरूलाई मुश्किल परिरहेको हुन्छ । 

आयान मुखर्जीको फिल्म ब्रह्मास्त्रको शूटिङका बेलामा उनीहरू एकअर्कासँग नजिकिएको बताइन्छ । 

एजेन्सी
 

भदौ २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस