कात्तिक २७, २०८०
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
काठमाडौं – पछिल्लो समय भारतको अर्थतन्त्रको अवस्था खस्किँदै गएको छ । ३ महिना अघिसम्म ७ प्रतिशत आर्थिक वृद्धि दर रहेको भारतीय अर्थतन्त्र पछिल्लो समय ५ प्रतिशतमा झरेको छ ।
आर्थिक वृद्धिदर संकुचित भएका कारण भारतीय अर्थतन्त्र खस्किएको लगायतका प्रतिक्रिया देखिन थालेका छन् ।
भारतीय अर्थतन्त्रमा देखिएको समस्या, नेपालमा पार्ने असर एवं त्यसबाट जोगिनुपर्ने उपायबारे अर्थविद् एवं योजना आयोगका पूर्व उपाध्यक्ष चन्द्रमणि अधिकारी र अर्थशास्त्री प्राध्यापक डा. डिल्लीराज खनालसँग गरिएको कुराकानीमा आधारित धारणा :-
चन्द्रमणि अधिकारी, अर्थविद् एवं योजना आयोगका पूर्व उपाध्यक्ष
विश्वकै अर्थतन्त्र तरल भएको छ । चीन र अमेरिकाबीच व्यापार द्वन्द्व चलिराखेको छ । त्यसले दुईटै अर्थतन्त्रलाई असर पर्ने देखिएको छ । कतिपय अर्थशास्त्रीले अमेरिकाको अर्थतन्त्रमा आउँदो वर्ष मन्दी आउन सक्छ भनेर भनिराखेका छन् ।
अमेरिकाको इरानसितको प्रतिबन्धको विषय अर्को छ । जापान र दक्षिण कोरियाबीच पनि अलिकति अनमन चलिराखेको छ । उनीहरूबीच समझदारी कम भइराखेको छ । यता बेलायत चाहिँ ब्रेग्जिटबाट विना योजना बाहिर निस्कन खोजिरहेको छ । त्यसमा संसद र प्रधानमन्त्रीबीच द्वन्द्व चलिराखेको छ ।
युरोप पनि आफ्नै खालको समस्यामा परिराखेको छ । यसकारणले विश्व अर्थतन्त्र तरल भएको छ । यसमा अनिश्चितता बढेको छ । फलस्वरुप शेयर मार्केट अस्थिर भएको छ । तेलको भाउ कहिले तल जान्छ, कहिले माथि जान्छ ।
विश्वमा डलरप्रति मानिसको आकर्षण बढेको छ । सुनप्रति आकर्षण बढेको छ । डलर र सुनप्रति आकर्षण हुँदाखेरी केही लगानीकर्ता भारतबाट अमेरिका फर्केका पनि छन् । अमेरिकाको केन्द्रीय बैंकले व्याजदर घटाइदिएको छ ।
अमेरिकी अर्थतन्त्र अहिले अलिकति बलियो देखिएको छ तर अमेरिकी राष्ट्रपतिको अस्थिर नीति र अरुसँग समन्वय नराख्ने खालको नीतिले गर्दा त्यहाँ पनि भोलि लगानीकर्ता भड्किने स्थिति देखिएको छ । त्यसकारणले अमेरिकामा पनि अस्थिरता आउँछ कि, मन्दी आउँछ कि भन्ने आशंका अहिले सिर्जना भएको छ ।
भारतमा हिजोको जीएसटी (वस्तु तथा सेवा कर) लागू हुँदादेखिकै विषय छ । अर्को मुद्राको विमुद्रीकरण (डिमोनिटाइजेसन) गरेको विषय छ । अमेरिकामा करको दर घटेको, केन्द्रीय बैंकले व्याजदर घटाइदिएको कारण, अमेरिकी डलर बलियो भएको कारणले गर्दा भारतको अर्थतन्त्रमा त्यसको असर परेको छ ।
भारतमा खासगरी अटोमोबाइल्स क्षेत्रमा खरिद दर कम भएर गएको छ । उत्पादन क्षेत्रमा पनि खरिद कम भएर गएको छ । यसले गर्दा पछिल्लो ३ महिनामा गएर ५ प्रतिशतको मात्रै आर्थिक वृद्धि भएको छ । यसअघि ७ प्रतिशतको आर्थिक वृद्धि थियो । यो विश्व अर्थराजनीतिमा अस्थिरता हो । हङकङमा पनि अस्थिरता छ ।
यी सबै कारणले गर्दा विश्वमा आर्थिक विषय पनि प्रभावित भएको छ । विश्वमै अर्थतन्त्र प्रभावित भएका कारणले विश्वमै माग कम हुने सम्भावना छ । भारतमा पनि त्यसको केही संकेत देखा परेको छ । अमेरिकामा पनि त्यो देखिन्छ भन्ने अनुमान गरिएको छ ।
नेपालमा असर
नेपालमा यसको असर परिसक्यो । अंग्रेजी डलर बढ्नासाथ सुनको भाउ पनि बढेको देखिएकै छ । भारतसँगको स्थिर विनिमय दर, भारतीय मुद्रा कमजोर भयो, अमेरिकन डलर बलियो भयो, नेपालमा अमेरिकी डलर १ सय १५ करीब पुगिसक्यो । त्यसको असर स्वरुप नेपालका योजना पनि प्रभावित हुन्छन् । नेपाली उपभोक्ता पनि प्रभावित हुन्छन् ।
जोगिने उपाय
विश्व अर्थतन्त्रको प्रभावबाट जोगिन नेपालले आन्तरिक उत्पादन बढाउनु नै मुख्य समाधान हो । आन्तरिक उत्पादन बढायो भने एउटा डलर बलियो भएको बेलामा निकासी बढ्न सक्छ र अर्को आयात प्रतिस्थापन गर्न सक्यो भने व्यापार घाटा कम भएर जान्छ ।
त्यसकारणले गर्दा खर्चमा मितव्ययीता कायम गर्ने र आन्तरिक उत्पादन बढाउने पट्टि लाग्नुपर्ने अवस्था छ । यो गर्यो भने केही राहत हुन सक्छ । उत्पादन बढाउने कुरा दीर्घकालीन विषय होइन, तत्कालीन रुपमा पनि उत्पादन बढाउन सकिन्छ । २–४ महिनामै पनि उत्पादन बढाउन सकिन्छ ।
जस्तैः तरकारी नै वार्षिक रुपमा धेरै आयात भइराखेको छ । उत्पादन त कुनै ३ महिनामै उत्पादन गर्न सकिएला, कुनै ६ महिनामा उत्पादन गर्न सकिएला, कुनै १ वर्षमै पनि गर्न सकिएला । सिमेन्टको उत्पादन बढाउन सकियो, औषधिको उत्पादन बढाउन सकियो भने सजिलो हुन्छ । १–२ महिनामै उत्पादन बढाउन सकिने कुरा पनि त छन् तर रणनीतिक हिसाबले कुन कहिलेसम्म बढाउन सकिन्छ भनेर त्यहीँ अनुसार हिँड्नुपर्यो ।
प्राध्यापक डा. डिल्लीराज खनाल, अर्थशास्त्री
भारतीय अर्थतन्त्रमा आएको समस्याबारे बाहिर धेरै कुरा आई नै सकेका छन् । मूलरुपमा विमुद्रीकरण र जीएसटी लागू हुनु नै हुन् । बैंकमा भएको लेनदेनको कारणले ‘रियल सेक्टर’ खासगरी उत्पादनमूलक क्षेत्र र अटो इन्डस्ट्रीदेखि लिएर कन्सट्रक्सनजस्ता धेरै कुरामा असर पार्यो ।
भारतीय बजेटमा गरिएका बजेटका व्यवस्थाले पनि केही असर पार्यो । यद्यपि अहिले बजेटका व्यवस्था हटाउने घोषणा गरिसकेको छ ।
चीन र अमेरिकाबीच व्यापार, मुद्रा युद्ध चलिरहेको छ । त्यसको प्रत्यक्ष, परोक्ष असर विश्व अर्थतन्त्रमै परेको छ । त्यसमा पनि डलरको मूल्य बढिराखेको छ । योबीच भारतमा पनि राजस्व घटेको छ । यी सबैको असर हो । यो असर तत्कालीनभन्दा पनि अलि दीर्घकालीन प्रकृतिको हुने हो कि भन्ने हो र दीर्घकालीन भयो भने त्यसले नेपालमा बहुआयामिक हिसाबले नै प्रतिकूल असर पार्न सक्छ ।
समग्रमा सबै आयामबाट हेर्दा प्रतिकूल असर पार्न सक्छ । भारतीय पर्यटक कम आउन सक्छन् । भारतमा जाने नेपालीको रोजगारी खोसिन सक्छ । यसबाट जोगिने भनेको उत्पादन बढाएर निर्यात प्रोत्साहन गर्ने नै हो ।
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...