कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भदौ २०, २०७६
काठमाडौं – आर्थिक वर्ष २०७६/०७७ को पहिलो डेढ महिनाको अवधिमा पेशागत अनुशासन उल्लंघन गर्ने ४ सय ८९ जना कर्मचारीलाई कारवाहीको सिफारिस भएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले गत साउन १९ देखि यही भदौ १० गतेसम्म टोली नै खटाएर काठमाडौं र ललितपुरका गरी १५ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेको थियो ।
त्यसक्रममा कर्मचारीको पोशाक र समय पालनाको निगरानी गर्दा ४ सय ८९ जना कर्मचारीले पेशागत अनुशासन उल्लंघन गरेको पाइएको सतर्कता केन्द्रले जनाएको छ ।
४ सय ४१ जनाले समय पालना नगरेको तथा ४८ जनाले तोकिएको पोशाक नलगाएको पाइयो ।
अनुगमनका क्रममा सबैभन्दा धेरै वीर अस्पतालका ३ सय ३१ कर्मचारीले पेशागत अनुशासन उल्लंघन गरेको भेटिएको थियो । त्यसमध्ये ३ सय २१ जना समयमा कार्यालय आएका थिएनन् भने १० जना कर्मचारीले सरकारले तोकेको पोशाक नलगाएको पाइयो ।
विशेष अवस्थामा बाहेक सरकारी कर्मचारीहरू अनिवार्य बिहान १० बजे कार्यालयमा उपस्थित हुनेपर्ने प्रावधान छ ।
सरकारले कर्मचारीका लागि पोशाक तोकेर त्यसबापत वार्षिक १० हजार रुपैयाँ भक्ता समेत उपलब्ध गराउने गरेको छ ।
यसैगरी कान्ति बाल अस्पताल महाराजगञ्जका ५४ जना कर्मचारीले पनि पेशागत अनुशासन उल्लंघन गरेको पाइयो । त्यसमध्ये ५० जनाले कार्यालय समयको पालना गरेका थिएनन् भने ४ जना तोकिएको पोशाक नलगाइ उपस्थित भएका सतर्कता केन्द्रले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
यसका अलावा ललितपुर महानगरपालिकाका २४, गोदावरी नगरपालिका ललितपुरका १९, सिंचाइ विभाग ललितपुरका १४, यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरका १३ कर्मचारीले पनि पेशागत अनुशासन उल्लंघन गरेको पाइयो ।
हेर्नुहोस्, सूची :
यसरी अनुशासन उल्लंघन गर्नेहरूलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरिएको राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए ।
उनका अनुसार कान्ति बाल अस्पतालका ५४ र ललितपुर महानगरपालिकाका २७ जनामाथि विभागीय कारवाही भएको जानकारी सतर्कता केन्द्रलाई प्राप्त भएको उनले बताए ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...