×

NMB BANK
NIC ASIA

कर्णालीमा एक प्रतिशत मात्रै रासायनिक मल खपत, संघ र प्रदेश सरकार प्रांगारिक प्रदेश बनाउन सँगसँगै

भदौ २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत -देशभरमै कर्णाली प्रदेश सबैभन्दा कम रासायनिक मल प्रयोग गर्ने प्रदेशको रुपमा देखिएको छ । देशैभर सन् २०१७/०१८ मा नेपालमा कुल ३ लाख ६४ हजार २० मेट्रिक टन रासायनिक मल खपत भएको थियो तर कर्णालीमा त्यसको १ प्रतिशत मात्रै रासायनिक मल खपत भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

Muktinath Bank

चालू आर्थिक वर्षमा संघीय सरकारको कृषि विभागले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश स्तर प्राङ्गारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रमलाई सम्वोधन गर्दै कर्णाली प्रदेशमा जम्मा ३९०१ मेट्रिक टन मात्रै रासायनिक मल खपत भएको जानकारी दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो पनि कर्णालीलाई अर्गानिक बनाउने एक महत्वपूर्ण आधार भएको मन्त्री केसीको भनाई छ । सुर्खेतले सबैभन्दा धेरै १८४९ मे.ट., सल्यानले ११७०, दैलेखले ४५९, रुकुमले २१३, जाजरकोटले १७७ र कालिकोटले ३१ मेट्रिक टन मल खपत गरेको छ ।


Advertisment
Nabil box
Kumari

हिमाली जिल्लाहरु मुगु, हुम्ला र डोल्पाले मल खपत नै गरेका छैनन भने जुम्लाले २ मे.ट. मात्रै मल खपत गरेको मन्त्री केसीको भनाई थियो ।

Vianet communication
Laxmi Bank

‘अब हाम्रो सबैको टार्गेट विषादी मुक्त र अर्गानिक युक्त प्रदेश निर्माण गर्नु नै हो,’ मन्त्री केसीले भनिन्, ‘यसका लागि संघीय सरकारले प्रदेशलाई सशर्त अनुदान बापत १३ करोड दिएको छ । संघीय सरकार र प्रदेश सरकार हामी सँगसँगै अघि बढछौं ।’

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले प्रदेश सरकारसँग अर्गानिक प्रदेशका आधार तयार पार्दै उत्पादन गर्न चालू आर्थिक वर्षमा २२ करोड ३७ लाख रुपैयाँ (सशर्त अनुदानसहित) विनियोजन गरिएको बताए ।

उनले कर्णालीको ७५ प्रतिशत भन्दा बढी जमिन अर्गानिक रहेको दाबी गरे । ‘हामीलाई अर्गानिक प्रदेश बनाउन चुनौती त छ नै,’ उनले भने, ‘यो कार्यक्रमले हामीलाई थप अवसर सिर्जना गरेको छ । सहि ढंगले कार्यान्वयन गर्न सके प्रदेशलाई जैविक विषादी युक्त र अर्गानिक उत्पादनको केन्द्र बन्ने छ ।’

कृषि विभागका उपमहानिर्देशक जानुका पण्डितले कार्यविधिमा ८५ प्रतिशत उत्पादन सामाग्री सहयोग तथा प्रविधिमा, रैथाने बालीलाई प्याकेजिङ्गमा अनुदान दिने लगायतका कुराहरु समेटिएको जानकारी दिइन् ।

स्थानीय तथा उन्नत जातको रैथाने बालीको वीउ प्रदान गर्ने तथा कृषकहरुको क्षमता अभिवृद्धि गर्ने गरी कार्यक्रम ल्याइएको उनको भनाई थियो । विभागले गतवर्ष प्रदेश नम्बर तीन र चारमा कार्यक्रम लागु गरिसकेको र यो वर्ष कर्णालमिा लागु गरेको उनले जानकारी दिइन् ।

कलष्टर बाँडेर देखिने गरि काम गर्नुपर्ने तथा सबै कार्यक्रम तय गर्ने अधिकार प्रदेश मन्त्रालयलाई नै भएको उनको भनाई छ । कार्यक्रमका सहभागिले सिंचाई, विभिन्न प्रजातकिा उन्नत विउ वितरण, ढुवानमिा अनुदान जस्ता कुराहरु कार्यविधिमा उल्लेख गरिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा दशै जिल्लाका कृषि विकास कार्यालयका प्रमुख तथा पदाधिकारीको सहभागिता रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x