मलिंगाको चमत्कारः चार बलमा लिए चारै विकेट, बनाए विश्व किर्तिमानी

भदौ २१, २०७६

काठमाडौं– श्रीलंकाका कप्तान लासिथ मलिंगाले न्यूजील्याण्ड विरुद्धको तेस्रो टी–२० सीरीजमा विश्व किर्तिमानी कायम गरेका छन् । लगातार चार बलमा चार विकेट लिँदै उनले विश्व किर्तिमानी बनाएका हुन् ।  

अन्तराष्ट्रिय क्रिकेटमा चार बलमा चार विकेट लिँदै मलिंगाले किर्तिमानी बनाएका हुन् ।


ADVERTISEMENT

मलिंगाले यसअघि २००७ को वन–डे–विश्वकपमा दक्षिण अफ्रिकाका चार खेलाडीको लगातार चार बलमा पेभेलियन पठाएका थिए । 

अहिले उनले न्यूजील्याण्ड विरुद्धको टी २० मा नयाँ किर्तिमानी बनाउन सफल भएका हुन् । यससँगै मलिंगा अन्तराष्ट्रिय क्रिकेटमा लगातार चार बलमा चार विकेट लिने पहिले बलर पनि बनेका छन् । 

यसका साथै मलिंगाले अन्तराष्ट्रिय क्रिकेटमा पाँचौ पटक ह्याट्रिग गरेका छन् भने सबैभन्दा बढि ह्याट्रिक लिने पहिलो बलर बनेका छन् । 
 

भदौ २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस