पानीमा भिज्दै सलमानले चलाए साइकल, भिडियो बन्यो भाइरल (भिडियोसहित)

भदौ २१, २०७६

काठमाडौं– बलिउड अभिनेता सलमान खानले पछिल्लो पटक साइकल चलाएको भिडियो भाइरल भएको छ । ट्राफिकसँग बच्न घरदेखि स्टूडियोसम्म प्राय साइकलमा यात्रा गर्ने सलमानको पछिल्लो भिडियो भने निकै नै भाइरल भएको छ । 
सलमानले आफूले साइकल चलाएको एक भिडियो सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा शेयर गरेका छन् । भिडियोमा उनले पानी परिरहेको र आफू दबंग ३को शुटिङका लागि गईरहेको लेखेका छन् । 

वर्षाको समयमा सलमानले आरामले साइकल चलाइरहेको भिडियोमा देखिएको छ


ADVERTISEMENT

। साइकल यात्राकै क्रममा उनले अटोभित्रैबाट उनका फ्यानले सेल्फी लिएको देखिन्छ भने अन्य यात्रुहरुले पनि सेल्फी लिइरहेको देखिन्छ । उनी केही अघि पुगेपछि ट्राफिक जाममा पर्छन् । त्यतिखेर पनि उनको अर्को फ्यानले उनीसँग सेल्फी लिन्छन् । यतिमात्रै नभई उनले अटोभित्रका यात्रुहरुसँग हात मिलाउँदै अघि बढिरहेको देखिन्छ । 

उनको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Mumbai city in d rains . . Off to the location to shoot for #dabangg3

A post shared by Salman Khan (@beingsalmankhan) on

भदौ २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार