यू-१९ एसिया कप : बंगलादेशसामु २ सय ६२ रनको सम्मानजनक चुनौती पेश

भदौ २२, २०७६

काठमाडौं– एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसामु २ सय ६२ रनको चुनौती पेश गरेको छ ।

श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन जोडेको हो ।


ADVERTISEMENT

नेपाललाई सम्मानजनक स्कोरसम्म डोहोर्‍याउने क्रममा पवन सर्राफ र सन्दीप जोराले सानदार अर्धसतकीय पारी खेले । पवनले ८१ रनको योगदान गर्दा सन्दीपले ५६ रन जोडे ।

यसका अलावा रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४ रन जोडेको पारीमा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग पराजित भएको थियो । बंगलादेशले भने युएईलाई पराजित गरेको थियो । 

प्रतियोगितामा अगाडिको यात्रा तय गर्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

भदौ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस