डिशहोमको नयाँ अफर : 'फन्ड ट्रान्सफरबाट रिचार्ज गरि खुसी वर्ष भरि'

भदौ २३, २०७६

काठमाडौं–  नेपालको एक मात्र  डि.टि.एच सेवा प्रदायक डिशहोमले  फन्ड ट्रान्सफर र रिचार्ज गर्दा भारी छुट सहित विभिन्न प्याकेज सार्वजनिक गरेको छ ।  कम्पनीले ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा यस्ता छुट पाउने जनाएको छ । 

कम्पनीका अनुसार, ३ महिनोको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिनेछ । 


ADVERTISEMENT

यस्तै, बार्षिक रिचार्ज गर्दा पहिले ४ हजार २ सयमा हेरिरहेका ग्राहकहरुले अब बेसिक प्याकेज ३ हजार ६ सयमा हेर्न सकिन्छ ।

यस्तै मिडियम प्याकेज ४ हजार ८ सयको सट्टा ४ हजार २ सय, वेसिक प्लस ५ हजार १ सयको सट्टा ४ हजार ५ सय, मिडियम प्लस ५ हजार ७ सयको सट्टा ४ हजार ९ सय ९८, सुपर एचडी ६ हजारको सट्टा ४ हजार ९ सय ९९, प्रिमियम एचडी ७ हजार २ सयको सट्टा ५ हजर ७ सय ९९ र लाईफस्टाईल एचडी १० हजार ८ सय को सट्टा ८ हजार ४ सयमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 
 

भदौ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस