टेस्टमा अफगानिस्तानले रच्यो इतिहास : बंगलादेशलाई उसकै भूमिमा २२४ रनले हरायो

भदौ २३, २०७६

काठमाडौं – टेस्ट क्रिकेटको नवप्रवेशी टोली अफगानिस्तानले बंगलादेशलाई उसैको भूमिमा २२४ रनको विशाल अन्तरले हराएर इतिहास बनाएको छ । 

बंगलादेशको चट्टोग्राममा भएको एक मात्र टेस्ट म्याच सोमवार सम्पन्न भएको हो । 


ADVERTISEMENT

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले पहिलो पारीमा ३४२ अनि दोस्रोमा २६० रन बनाएको थियो ।

बंगलादेशले पहिलो इनिङमा जम्मा २०५ अनि दोस्रो इनिङमा त्यसभन्दा पनि कम १७३ रन मात्र बनाउन सकेको थियो ।

अफगानिस्तानलाई इतिहास रच्न कप्तान राशिद खानको प्रमुख भूमिका रह्यो । उनले पहिलो इनिङमा पाँच र दोस्रोमा ६ विकेट लिँदै म्याचमा कुल ११ विकेट लिए । उनको शानदार प्रदर्शनलाई म्यान अफ द म्याच दिएर सम्मान गरिएको छ । 

पहिलो इनिङमा रहमत शाहले १०२ र असगर अफगानले ९२ रन बनाएर अफगानिस्तानलाई बलियो स्थितिमा पुर्‍याउन योगदान गरेका थिए । राशिद खान आफैंले ५१ रनको योगदान गरेका थिए ।

दोस्रो इनिङमा इब्राहिम जादरानले शानदार ८७ रन बनाएका थिए । अशगर अफगानले ५० रन बनाए । 

बंगलादेशका ब्याट्स्म्यानहरूले अत्यन्तै खराब प्रदर्शन गरेपछि म्याच गुमाउन पुगेका हुन् ।

भदौ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस