×

NMB BANK
NIC ASIA

विगतका समझदारी कार्यान्वयन तथा पारस्परिक हितका निम्ति सहकार्य गर्न नेपाल-चीन सहमत

भदौ २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

–शरच्चन्द्र भण्डारी 

Sagarmatha Cement
Muktinath Bank

 नेपाल र चीन पारस्परिक हितका विविध क्षेत्रमा सहयोग प्रवद्र्धन गर्न सहमत भएका छन् । साथै, विगतमा भएका सम्झौता र समझदारी कार्यान्वयन गर्न पनि दुवै देश सहमत भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले नेतृत्व गर्नुभएको आज राजधानीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा त्यस्तो भएको हो । 
त्यस अवसरमा दुुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्धका सबै महत्वपूर्ण पक्षको समीक्षा गर्नुका साथै दुई मुलुकबीच पछिल्लो समयमा विस्तार एवं सुदृढ हुँदै गएको आपसी सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट निरन्तर प्राप्त सहयोगको सराहना गर्दै मन्त्री ज्ञवालीले  सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार, ऊर्जा र शिक्षाका क्षेत्रमा आपसी सहयोग सुदृढ तुल्याउन अपरिहार्य भएको बताएका थिए । प्रत्युत्तरमा विदेशमन्त्री वाङले आफ्ना समकक्षीलाई नेपालको विकासका प्रयासमा चिनियाँ सहयोगको सुनिश्चितताबारे आश्वस्त पारेका थिए।  

Vianet communication
Laxmi Bank

वार्तामा दुवै पक्षले व्यापार, लगानी र पर्यटनका क्षेत्रको प्रवद्र्धनलाई विशेष प्राथमिकता दिँदै त्यसमा सारभूत विचार आदानप्रदान गरेका थिए । पारस्परिक विश्वास र भरोसा अभिवृद्धि गर्न तथा द्विपक्षीय सम्बन्धलाई अझ सबल तुल्याउन नियमित रुपमा उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वमा जोड दिएका थिए । 

क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा पारस्परिक स्वार्थका विषयमा द्विपक्षीय सहयोगलाई निरन्तता दिन पनि दुवै देशका परराष्ट्रमन्त्री सहमत हुनु भएको छ । नेपाल र चीनबीचको सम्बन्धलाई थप बलियो र फराकिलो बनाउँदै दुवै देश र जनताको हित प्रवद्र्धनमा परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्ता सफल भएको छ । 

यसैगरी दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक तथा जनस्तरको सम्बन्ध उल्लेख्य रुपमा प्रगतितर्फ उन्मुख भएको सन्देश प्रवाह गर्न पनि वार्ता सफल भएको छ । दुवै देश एक अर्काका चासोप्रति सजग र संवेदनशील छन् भने एक चीन नीतिप्रतिको नेपालको अविचलित अडान छ । नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धताले चीनले नेपाललाई भरपर्दो मित्र मानेर यहाँको सामाजिक–आर्थिक विकासका निम्ति निःशर्त आर्थिक एवं भौतिक सहयोग गर्दै आएको छ । चिनियाँ सहयोग सरकारी संयन्त्रबाट प्राप्त हुने भएकाले त्यसमा पारदर्शिताको सुनिश्चित पनि हुने गरेको छ । 

साझा विकास, क्षेत्रीय शान्ति र स्थायित्वका निमित नेपाल र चीनबीचको साझेदारी र सहकार्य आज पुनः मुखरित भएको छ । चीनले हासिल गरेको समृद्धि र विष्मयकारी विकास नेपालका लागि अवसर हो भने चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत हिमालय वारपार सम्पर्क सञ्जाल विस्तारसँगै नेपालको आर्थिक समृद्धिको यात्रामा त्यसले सघाउने छ । 

नेपाल–चीन सम्बन्धलाई सभ्यता, संस्कृति, इतिहास र भूगोलले जोडेको र त्यो शान्तिपूर्ण, सहअस्तित्व, सार्वभौम समानता र अहस्तक्षेपजस्ता पञ्चशीलका सिद्धान्तमा अडिएको छ । पृथक परिवेश र आकार अनि राजनीतिक प्रणाली भएपनि कसरी असल छिमेकी सम्बन्ध कायम राख्न सकिन्छ भन्ने उदाहरण नेपाल–चीन सम्बन्धलाई दिने गरिन्छ । समस्यारहित नेपाल–चीन सम्बन्ध हाम्रा लागि महत्वपूर्ण र मूल्यवान छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x