माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काठमाडौँ-समृद्धिको आधारका रुपमा रहेको पूर्वाधार विकासमा जोड दिने उद्देश्यले आयोजना हुन लागेको ‘नेपाल पूर्वाधार सम्मेलन, २०१९’मा कुल १०३ परियोजनाको ‘शोकेस’ गरिने भएको छ ।
सम्मेलनको समग्र तयारीबारे जानकारी दिन नेपाल उद्योग परिसङ्घद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा प्रदेशस्तरका ८२ र लगानी बोर्डका तर्फबाट विभिन्न २१ परियोजना शोकेस गरिने जानकारी दिइयो ।
भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा आयोजना गरिने सो सम्मेलन यही भदौ २५ र २६ गते सङ्घीय राजधानीमा हुँदैछ ।
‘दिगो विकासका लागि मजबुत पूर्वाधार’ भन्ने मुल नाराका साथ हुन लागेको सो सम्मेलनमा सात वटै प्रदेशका मुख्यमन्त्रीले प्रादेशिक पूर्वाधारका विषयमा छलफल गर्नेछन् । प्रदेश सरकारले आ–आफ्ना प्रदेशका पूर्वाधारमा निजी लगानी ल्याउन ५४ परियोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको परिसङ्घले जनाएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा देशभित्र र बाहिरका ५०० भन्दा बढी लगानीकर्ताको सहभागिता सुनिश्चित भएको छ । विकास साझेदार संस्थाका प्रमुख र उपप्रमुखले सो सम्मेलनमा भाग लिनेछन् ।
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री डा हान सेयुङ सो को विशेष सहभागिता रहने सो सम्मेलनमा भारतका ऊर्जा तथा नवीकरणीय ऊर्जा मन्त्रालयका युनियन स्टेट मिनिस्टर राजकुमार सिंह, विश्व बैङ्कका उपाध्यक्ष जिगदोग ह्वा, एसियाली विकास बैङ्कका महानिर्देशक वोचोग युमसहित उच्च सरकारी अधिकारी र पूर्वाधारका अन्य निजी लगानीकर्ताको सहभागिता हुनेछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ भने समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।
सम्मेलनमा विश्व बैङ्क, एसियाली विकास बैङ्क, युएनडिपीलगायतका संस्था एवं मुलुकभित्रका विभिन्न संस्था गरी ४० साझेदारका रुपमा छन भने ८० जनाभन्दा बढी विशेषज्ञले प्रमुख वक्ताको रुपमा सहभागिता जनाउनेछन् ।
सम्मेलनमा विभिन्न सात वटा सत्रमा छलफल हुनेछ । यो सम्मेलन गतवर्ष आयोजित लगानी सम्मेलन २०१९ को ‘फलोअप’ सम्मेलनका रुपमा रहने परिसङ्घले जनाएको छ ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको परिसङ्घले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...