आई.एम.ई. लाइफ इन्स्योरेन्सद्धार अभिकर्ताहरुलाई सम्मान

भदौ २४, २०७६

काठमाडौं– आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ । गत विहिबार काठमाण्डौंको चन्द्रागिरि स्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको हो । 

कम्पनीका अध्यक्ष डा रामहरि अर्यालको सभापतित्वमा अभिकर्ता सम्मान कार्यक्रममा  आर्थिक वर्ष २०७५\७६ मा महत्वपूर्ण योगदान पुर्याएका एजेन्सी मेनेजरलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रदेश प्रमुख, कम्पनीका विभागिय प्रमुख र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले अभिकर्ताहरुको बीमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बताए । 
 

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस