मुक्तिनाथ विकास बैंकद्धारा विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग

भदौ २४, २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले कालिकोट सामुदायिक विद्यालयबाट एसइइ पास भई काठमाडौंमा पढ्न चाहने ६ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ ।

आइतवार बैंकले समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई विद्यार्थीहरुलाई कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटलाइ रु ३ लाखको वित्तीय सहयोग गरेको हो ।  


ADVERTISEMENT

उक्त रकम बराबरको चेक मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल गुरुङ्गले केन्द्रका अध्यक्ष टेक राज शाहीलाई हस्तान्तरण गरेका थिए ।

मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र १ गतेदेखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।
 

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस