बिन लादेन मारिएको त्यो रात ...

फाइल तस्वीर
भदौ २५, २०७६

एजेन्सी–  १ मे सन् २०११ को राति अमेरिकी सेनाले चरमपन्थी संगठन अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेलाई पाकिस्तानमा मारेका थिए । अमेरिकी सैनिकको यो कहानी धेरैपटक सार्वजनिक भइसकेको छ । तर पहिलोपल्ट लादेनकी चौथी पत्नी अमालले त्यो रातको बारेमा बताएकी छन् ।

अमालले स्कट–क्लार्क र एड्रिन लेवीसँग उनको किताब ‘द एग्जाइलः द फ्लाइट अफ ओसामा बिन लादेन अबाउट द लास्ट फ्यू मिनेट्स अफ ९/११ मास्टरमाइन्ड्स लाइफ’का लागि कुराकानी गरेकी छन् । यो कितावको एक अंश आइतबार ‘टाइम्स यूके’ पत्रिकाले छापेको छ ।


ADVERTISEMENT

ओसामा बिन लादेन परिवारसहित पाकिस्तानको एबटाबादमा लुकेर बसेका थिए । अमालले उक्त किताबका लागि दिएको अन्तर्वार्तामा भनेकी छन् कि त्यो रात अमेरिकी सेनाको एक ‘ब्ल्याक ह्वाक’ हेलिकप्टर ल्याण्ड भएको थियो । अमालले भनेकी छन्, त्यतिबेला उनी आफ्नो पतिको अनुहारमा देखिएको डर स्पष्ट महशुष गरिरहेकी थिइन् ।

अमालले भनेअनुसार पूरै घरलाई घेरिएको थियो । लादेनका चारमध्ये तीन श्रीमती र उनका बच्चाहरु माथिल्लो तलाको बेडरूममा गएर अल्लाह (भगवान)सँग प्रार्थना गर्न लागेका थिए ।

लादेनले आफ्ना श्रीमतीहरुलाई बच्चालाई लिएर तल जान भनेका थिए । लादेनले यो पनि भनेका थिए कि ‘उनीहरु (अमेरिकी सेना) मलाई मार्न चाहान्छन् । तिमिहरुलाई हैन ।’

त्यसबेला अमालले भने आफ्ना छोरा हुसैनसँगै ओसामाको छेउमा बस्न आग्रह गरेकी थिइन् ।

रातिको खाना खाइवरी भाँडा समेत सफा गरेर लादेन परिवारले नमाज पढेको थियो । त्यसपछि लादेन आफ्नी पत्नीसँग माथिल्लो तलाको बेडरुममा गए । १ मे २०११ को राती ११ बजे अलकायद प्रमुख ओसामा बिन लादेन गहिरो निद्रामा गइसकेका थिए ।

पाकिस्तानकाे एबोटाबादमा अवस्थित ओसामाको उक्त गोप्य घरमा अचनानक बिजुली गयो । पूरैघरमा अन्धकार छायो । पाकिस्तानमा बिजुली जानु सामान्य कुरा हो । त्यतिबेला यसमा लादेन परिवारका कसैले पनि ध्यान दिएनन् ।

अमाल भन्छिन्, ‘हेलिकप्टरको आवाजका कारण ओसामाको निद्रा खुलेको थियो । उहाँ (ओसामा)ले ‘अमेरिका आइसक्यो’ भन्नुभयो । एक ठूलो आवाज सुनियो र धेरै नराम्रो तरिकाले घर हल्लिन थाल्यो । हमी दुवै एकअर्कालाई समातेर बरण्डामा लुक्यौं । त्यो रात बिना चन्द्रमावाला थियो । त्यसैले केही देखिरहेको थिएन् । अमेरिकी सैनिक हाम्रो घरतर्फ पुगिसकेका थिए । सेहम र खालिद (ओसामाका छोराहरु) अमेरिकीहरुलाई नजिक आइरहेको देखिरहेका थिए ।’

अमाल भन्छिन् कि कसैले उनीहरुको घरबारे सबै जानकारी अमेरिकी सेनालाई बताइसकेको थियो । अमालले किताबमा भनेकी छन्, ‘यो कुरा स्पष्ट छ कि कसैले हामीलाई धेरै ठूलो धोका दिएको थियो । उहाँ (ओसामा)लाई यसप्रकारको हमलाको विल्कुल आशंका थिएन् ।’

अमाल अगाडि भन्छिन्, ‘त्यतिबेला ओसामाले खालिदलाई बोलाए । उसले एके–४७ उठाइहाल्यो ।’ अमाललाई थाहा थियो कि खÞालिद बन्दुक चलाउन सक्दैनन् । किनकी उनी त्यतिबेला मात्र १३ वर्षका थिए ।

बच्चाहरू रुँदै थिए । अमाल उनीहरुलाई सान्त्वना दिँदै थिइन् । अमेरिकी सैनिक घरको सबैभन्दा माथिल्लो तलामा पुगिसकेका थिए । त्यसपछि सबैथोक खतम हुन बेर लागेन ।

-एजेन्सीहरूकाे सहयाेगमा

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस