मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
काठमाडौं – वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा सांसदहरूबीच धारण बाझिएको छ ।
नेपाली नागरिकसँग बिहे गर्ने विदेशीलाई अंगीकृत नागरिकता दिने सम्बन्धमा सांसदहरूले फरक–फरक धारण राखेका हुन् ।
राज्य व्यवस्था समितिको बुधवारको बैठकमा बोल्दै नेकपा सांसद झपट रावलले नेपाली नागरिकसँग बिहे गर्ने विदेशीलाई १०–१५ वर्ष पछि मात्र अंगीकृत नागरिकता दिनुपर्ने धारण राखे ।
एकहातमा सिन्दुर अर्को हातमा नागरिकता गर्न नहुने उनको धारणा छ ।
‘बंगलादेश, भुटान, पाकिस्तान र माल्दिभ्स जस्ता देशमा कम्तिमा पनि १० वर्षको व्यवस्था छ, माल्दिभ्समा धर्म नै परिवर्तन गराइन्छ, भुटानमा बच्चा जन्माएपछि मात्रै नागरिकता दिने कानून छ,’ उनले भने, ‘एक हातमा सिन्दुर अर्को हातमा नागरिकता दिने काम गर्नु हुँदैन ।’
उनकैजस्तै धारण नेमकिपा सांसद प्रेम सुवालले पनि राखे । बिहे गरेको कम्तिमा १५ वर्षपछि नागरिकता दिने व्यवस्था गर्नुपर्ने उनको धारणा थियो । भारतमा ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्था रहेको स्मरण उनले गराए ।
राजपाका रामसहायप्रसाद यादवले रावल र सुवालको धारणामा असन्तुष्टि व्यक्त गरे ।
‘विदेशी महिला नेपालमा बिहे गरी बुहारी बनेर आउँदा के असर पर्यो ?’ प्रश्न गर्दै उनले भने, ‘७ र २० को कुरा किन आयो ? बहुमत र अल्पमतको खेल नहोस्, राष्ट्रमा उथलपुथल नआओस् ।’
कांग्रेसका देवेन्द्रराज कंडेलले कडा प्रावधानले नेपाल–भारतबीचको सम्बन्धमा असर पुग्ने धारणा राखे ।
कांग्रेसकै मीना पाण्डे र डिला संग्रौलाले यो विषयलाई धेरै नलम्ब्याउन आग्रह गरे ।
नेकपाकी पम्भा भुसालले यस सम्बन्धमा कडा प्रावधान राख्नुभन्दा सीमा सिल गर्नुपर्ने धारणा राखिन् ।
‘भारतीय किसानले नेपालको भूमि मिचेको नभई एसएसबीले हो,’ उनले भनिन्, ‘एक लाख सेना र सशस्त्र प्रहरीलाई सीमानामा राखौं र ठेक्कापठ्टाको काम अरूलाई नै दिऔं ।’
उनको भनाइमा कांग्रेसका देवेन्द्रराज कंडेलले असन्तुष्टि राखे । सीमा सिल गर्न नहुने उनको भनाइ थियो ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...