लक्ष्मी बैंकको ११३औं शाखा सप्तरीको राजविराजमा

भदौ २५, २०७६

सप्तरी- लक्ष्मी बैंकले आफ्नो ११३ औं शाखा सप्तरीको राजविराजमा सञ्चालनमा ल्याएको छ । यो शाखामार्फत बैकंले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू मझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । 

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११३ शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३७ एटीएम, २५०० भन्दा बढी रेमिटे न्स्एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।


ADVERTISEMENT

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा बजारहरूमा आक्रामक रूपमा सेवाविस्तार गर्दै आएको छ ।

यी शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस