गुठी विधेयकविरुद्ध उत्रिएका काठमाडौंका नेवार फकाउन सरकारको उपहार !

भदौ २५, २०७६

काठमाडौं – विवादित गुठी विधेयकविरुद्ध आन्दोलनका क्रममा आक्रोशित काठमाडौं उपत्यकाका नेवार समुदायलाई फकाउन सरकारले इन्द्रजात्रा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न ५ करोड रुपैयाँ छुट्याएको छ ।

काठमाडौंबाट निर्वाचन ३ जना प्रतिनिधिसभा सदस्यले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै इन्द्रजात्राका लागि सरकारले ५ करोड रुपैयाँ छुट्याएको जानकारी दिएका छन् ।


ADVERTISEMENT

सांसदहरू काठमाडौं ७ का रामवीर मानन्धर, काठमाडौं ८ का जीवनराम श्रेष्ठ र काठमाडौं ९ का कृष्णगोपाल श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै इन्द्रजात्राका लागि रकम छुट्याएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

सरकारले गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै आन्दोलित नेवार समुदाय विधेयक फिर्ता भएपछि शान्त छ तर सरकारले नेवार समुदायलाई फकाउन इन्द्रजात्राका लागि अक्षयकोष स्थापनाका लागि रकम छुट्याएको छ । गुठी विधेयकविरुद्ध नेवार समुदायले आन्दोलन नै गरेका थिए । 

नेवार समुदायका पर्वको संरक्षण र सम्वद्र्धनका लागि रकम छुट्याउन माग हुँदै आएको सांसदहरूले जनाएका छन् । ‘नेवार समुदायको जात्रा पर्व संस्कृतिमध्ये महत्त्वपूर्ण जात्रा इन्द्रजात्रा लगायत उपत्यकामा सञ्चालित पर्वहरूको संरक्षण र सम्वद्र्धन गर्न नेपाल सरकार भदौ २२ गतेको मन्त्रिपरिषद्को बैठकबाट इन्द्रजात्रा सञ्चालनका लागि ५ करोड ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ राख्ने निर्णय भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति -

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस