विराट कोहलीबारे १३ रोचक तथ्य : अनुष्कालाई क्रिजबाटै 'फ्लाइङ किस'

भदौ २५, २०७६

काठमाडौँ -भारतीय क्रिकेट टीमको कप्तान विराट कोहलीलाई नचिन्ने कमै होलान् । नेपाली खेलप्रेमीहरूले पनि उनलाई मन पराउने गर्छन् । तर उनका बारेमा केही रोचक तथ्यहरू छन्, जुन उनको कमै फ्यानहरूलाई थाहा छ ।

यहाँ उनका केही रोचक तथ्यका बारेमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

१. विराट कोहलीको जन्म ५ नोभेम्बर १९८८ मा बाबु प्रेम कोहली र आमा सरोज कोहलीको कोखबाट दिल्लीको घरमा भएको थियो । उनको भाइको नाम विकास, बहिनीको नाम भावना र पत्नीको नाम अनुष्का शर्मा हो । कोहलीको बाल्यकाल दिल्लीको उत्तम नगर इलाकामा बित्यो र विशाल भारती पब्लिक स्कूलमा उनले पढाई गरे ।

२. विराटलाई मान्छेहरूले 'चिकू' नामबाट पनि बोलाउने गर्छन् ।

३. विराट कोहलीले आफ्नो क्रिकेट करीयरको शुरुवात १९९८ मा वेस्ट दिल्ली क्रिकेट एसोसियसनबाट गरेका थिए । जुलाई २००६ मा उनलाई अन्डर १९ क्रिकेट टीममा छानियो र नोभेम्बर २००६ मा उनले दिल्लीको तर्फबाट तामिलनाडूविरुद्ध आफ्नो पहिलो म्याच खेलेका थिए ।

४. १८ डिसेम्बर २००६ मा उनका पिता प्रेम कोहलीको मृत्यु भएको थियो र अर्को दिन विराटले कर्नाटकविरुद्ध ९० रनको पारी खेलेका थिए ।

५. २००८ मा अन्डर १९ वर्ल्डकपमा विराट भारतीय टोलीको कप्तान थिए । उनकै कप्तानीमा भारतले उक्त विश्वकप जितेको थियो ।

६. २००८ को आइपीएलमा जब कोहलीको बोली लाग्यो, तब बैंगलोरले उनलाई १२ लाख भारतीय रूपैयाँमा किनेका थिए । २०१८ मा उनको मूल्य १७ करोड भयो । जम्मा १० वर्षमा उनको मूल्य १ सय ४१ गुणा बढ्यो ।

७. विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा पहिलोपटक एक श्याम्पूको विज्ञापनमा २०१३ मा भेटेका थिए । त्यसपछि डेट गर्न शुरू गरे । एक म्याचमा त विराट कोहलीले दर्शकका रूपमा बसेकी अनुष्कालाई फ्ल्याइङ किससमेत दिएका थिए ।

८. एक अन्तर्वार्तामा विराटले आफ्नो मनपर्ने खेल फुटबल रहेको बताएका थिए । उनी क्रिकेटबाट अवकाश लिएपछि फुटबल खेल्ने बताएका छन् ।

९. २०१७ मा फोर्ब्स म्यागाजिनले विराट कोहलीलाई सबभन्दा बढी रुचाइएका सेलीब्रेटी बताएको थियो । २०१८ मा फोर्ब्सले उनलाई सबभन्दा धेरै कमाउने १ सय खेलाडीको सूचीमा ८३ औं स्थान दियो ।

१०. विराट कोहलीले आफ्नो ब्याटमा एमआरएफ लेखाउनका लागि प्रत्येक म्याचमा ३ लाख लिने गर्छन् ।

११. २०१३ मा कोहलीले गरीब बच्चाबच्चीहरूलाई पढाउन एक च्यारिटी खोलेका छन् । १२. कोहलीलाई २०१३ मा भारतको चौथो ठूलो सम्मान पद्मश्री दिइएको थियो । २०१८ मा भारतको सबभन्दा ठूलो खेल पुरस्कार राजीव गान्धी खेल रत्नबाट सम्मानित गरियो ।

१३. सबैभन्दा कम उमेरमा वनडे प्लेयर अफ द इयर पाएका कोहला त्यतिबेला जम्मा २२ वर्षका थिए ।

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस