×

NMB BANK
NIC ASIA

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पाहुना काठमाडौं आउँदै

भदौ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज (विहिवार) काठमाडौं आउँदै छन्। 

Muktinath Bank

भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौंमहानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इन्द्रजात्रामा विभिन्न देशका पाहुनालाई आमन्त्रण गरिएको छ”, उनले भने, “यो कार्यक्रमबाट नेपाली संस्कृतिलाई विश्वमा चिनाउन मद्दत पुग्नेछ ।”


Advertisment
Nabil box
Kumari

पाँच दिनसम्म बस्ने उनीहरुलाई विभिन्न स्थानमा घुमाउने योजना तय भएको छ । महानगरपालिकाका बहाल, बहीसँगै काठमाडौंजिल्लाका अरु नगरपालिका ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिका घुमाउने गरी योजना बनाइएको प्रमुख शाक्यले बताए। 

Vianet communication
Laxmi Bank

उनले भने, “महानगरपालिकाले यसका लागि गरिने खर्च पर्यटन प्रवद्र्धनका लागि महानगरको लगानी हो, यो लगानीबाट भोलि उपत्यकावासीले लाभ पाउनेछन् ।” यस वर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका छ देशका १३ वटा नगरबाट ४८ पाहुना आउने निश्चित भएको प्रमुख शाक्यले बताए।

सात महीना पहिलेदेखि नै इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगरप्रमुखलाई निमन्त्रणा पठाउन थालिएको थियो । निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, बङ्गलादेशको ढाका साउथ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद शहीद खोकन, भूटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेशनका प्रमुख अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट प्रमुख सरदार अभतार सिंहको नेतृत्वमा टोली आउने बताइएको छ ।

चीनबाट सियान, छेन्दु, सेञ्जेन, नाञ्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा टोली आउने महानगरले जनाएको छ । 

बिहीबार आइपुग्ने पाहुनालाई शुक्रबार हनुमानढोका आसपास कुमारी रथयात्रामा सहभागी गराइने प्रमुख शाक्यले जानकारी दिए। सो क्रममा तल्लो र माथिल्लो टोलको स्थलगत भ्रमण अवलोकन गराइनेछ भने मध्याह्न राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथयात्राको प्रत्यक्ष अवलोकन गराइनेछ ।

आगामी शनिबार चन्द्रागिरि, छाउनीको प्राकृतिक सङ्ग्रहालय र स्वयम्भूको अवलोकन गर्ने योजना बनाइएको छ । आइतबार भक्तपुर र पाटन दरबार क्षेत्रको भ्रमण अवलोकन गराइने त्यसै दिन साँझ बिदाइ गरिने प्रमुख शाक्यले बताए। त्यस समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी हुनेछन्। 

अन्तरराष्ट्रिय जगत्मा इन्द्रजात्राको मौलिक र दार्शनिक पक्षको उजागर गर्न मात्र नभएर नगरवासीको सभ्यता चिनाउने कामका लागि पनि सबै मिलेर लाग्नुपर्नेमा प्रमुख शाक्यको जोड छ । यो पर्वलाई सभ्य, भव्य र सुसंस्कृत बनाउँदै व्यापक बनाउने महानगरको योजना छ । उनले भने, “नेवार समुदायको मात्र होइन, यो सबै नेपालीको राष्ट्रिय पर्व हो भन्ने भावना जागृत गराउनुपर्छ ।”

मङगलबार बिहान ९ बजेर १७ मिनेटको साइतमा वसन्तपुर काल भैरव अगाडि विधिपूर्वक इन्द्रध्वज (नेपाल भाषामा यः सी) ठड्याएपछि यस वर्ष इन्द्रजात्राको कार्यक्रम विधिवत् शुरु भएको छ । इन्द्रध्वज ठड्याउनुअघि नेवार समुदायभित्रका मानन्धर थरका थकालीले पूजा गरेका थिए । हिजो नै नेवार समुदायका मानिसले काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाए । हिजै साँझ गणेश र भैरवलाई कुमारी घरमा ल्याइयो ।

त्यसपछि कुमारी, भैरव र गणेशलाई तलेजु भवानी मन्दिरको मूलद्वारमा लगेर लसकुस गरी भित्र लगेर तलेजु भवानीलाई निम्तो दिइयो । सरकारले गत सोमबार एकादशीका दिन आफ्नोतर्फबाट गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिइएको थियो । यस वर्ष शुक्रबार कुमारी रथयात्रा शुरु गरेर वसन्तपुरबाट तल्लो टोलमा रथयात्रा गरिनेछ ।

त्यसक्रममा साँझ साढे ४ बजे राष्ट्रपति वसन्तपुरमा पुगेर कुमारीको दर्शन गर्ने कार्यक्रम छ । शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ ।

यस अवधिमा लाखे, हलचोक भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक विद्यामा आधारित नाच र दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् । मङ्गलबार हुने नानिचा यात्रासँगै त्यसै दिन साँझ ९ः३५ को साइतमा इन्द्रध्वज ढालेपछि यस वर्षका लागि जात्राका औपचारिक कार्यक्रम समाप्त हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x