खतरनाक स्टन्ट गर्दै यो जोडीले लियो तस्वीर, भयो आलोचना

भदौ २६, २०७६

काठमाडौं – अमेरिकाका लोकप्रिय यात्रु जोडी केली क्यासिल र कोडी वर्कम्यानले इन्स्टाग्राममा राखेको तस्वीरले विवाद निम्त्याएको छ । 

यस जोडीले पेरुको लोकप्रिय लागुना ह्युमनटे तालमा खतरनाक स्टन्ट गर्दै तस्वीर शेयर गरेका छन् । उनीहरूले पहिले पनि खतरनाक स्टन्टका तस्वीर राख्ने गरेका थिए । आफूहरूले सुरक्षाको पूरा ख्याल गर्ने गरेको उनीहरूको दाबी छ । 


ADVERTISEMENT

ताजा तस्वीरमा केलीले चट्टानमा एक गोडा मात्र राखेको र पार्टनर क्याडीले उनको हात समातेको देखिन्छ । 

यसअघि पनि बालीमा उनीहरूले खतरनाक तस्वीर सार्वजनिक गरेका थिए । 

केही प्रयोगकर्ताले दुवैजनाको साहसिक स्वभावको प्रशंसा गरेका थिए भने केहीले चाहिँ अरूलाई असुरक्षित स्टन्ट गर्न उक्साएको आरोप लगाएका थिए । 

यस जोडीले संसार घुमेर तस्वीर खिचाउने गरेका छन् । उनीहरूको इन्स्टाग्राममा धेरै फलोअर छन् ।

एजेन्सी

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस