मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं– गोरखा, धादिङ, नुवाकोट र रसुवाका २२ वटा गाउँपालिकाले जोग्राफिक इन्फरमेसन सिस्टम (जीआइएस) म्याप तयार गर्ने भएका छन् । बेलायती सहयोग नियोग (डिएफआइडी) अन्तरगतको पूर्णिमा कार्यक्रमको सहयोगमा चार जिल्लामा २२ गाउँपालिकाले जिआइएस म्याप तयार गर्न लागेका हुन् ।
गाउँपालिकामा भएका विकास निर्माण र भौतिक पूर्वाधारका आयोजनालाई डिजिटल म्यापीङ गर्न ती गाउँपालिकाका पदाधिकारी, कर्मचारी र प्राविधिकलाई तालिम दिइएको छ ।
गोर्खाको धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ भर्खरै बनेका पालिकाका नयाँ सरचनाको विकासका लागि जिआइएस महत्वपूर्ण हुने बताउँछिन् । ‘आफ्ना् गाउँपालिकामा भएका विकासका क्रियाकलापलाई जिआइएस मार्फत म्यापीङ गर्दा विकास निर्माणको काम प्रभावकारी ढंगले अगाडि बढ्ने विश्वास लिएका छौं,’ गुरुङले भनिन् ।
पूर्णिमाका बरिष्ठ पूर्वाधार विज्ञ इन्जिनियर रामबहादुर घिमिरेले जीआइएसले गाउँपालिकामा भइरहेका विकास निर्माणको कामबारे एकीकृत सूचना प्राप्त हुने विश्वास व्यक्त गर्छन् ।
‘कोही विकासे साझेदारले ती गाउँपालिकामा कुनै कार्यक्रम लैजान चाह्यो भने काठमाडौंमा बसेरै जीआइएस मार्फत त्यो क्षेत्रको अवस्थितीबारे जानकारी पाउन सक्छ’ घिमिरेले भने । प्राविधिक तालिम पछि पहिलो चरणमा २२ मध्ये १० गाउँपालिकाले काम शुरु गरिसकेका छन् ।
जीआइस मार्फत गाउँपालिकामा रहेका विद्यालय, सडक बाटो, स्वास्थ्य चौकी, खानेपानीका आयोजना लगायत अन्य पूर्वाधार र विकासबारे म्यापीङ गरिने छ । ‘यसका लागि गाउँपालिकामा विज्ञ टोली स्थापना गरेका छौं’ घिमिरेले भने ।
पूर्णिमा कार्यक्रमका वरिष्ठ सुशासन व्यबस्थापक सन्तोष विष्टले जीआइएस म्याप तयार गर्दा गाउँपालिकाका काम प्रभावकारी हुने बताउँछन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...